अब म गर्छु उजुरी
अब म गर्छु उजुरी
चर्को रुवाई सँगै
शुरु भएको जिन्दगी
पल-पल अरुकै लागि
समर्पित गरिएको जिन्दगी
आफ्नो लागि हांस्न
आफू खुशी बांच्न
आफ्नै जितमा नाच्न
अरुका सपना भांच्न
कहिल्यै जानेन
आफ्नो खुशी
कहिल्यै
आफ्नो ठानेन
शैशवस्था
माया गर्नेका लागि
बाल्यावस्था
भाइ-बैनीका लागि
किशोरावस्था
दौतरीका लागि
युवावस्था
भविश्यका लागि
प्रौढावस्था
समाज अनि राष्ट्रका लागि
अरुकै लागि हांस्दा
अरुकै लागि बांच्दा
हर सुख्खा दिन र रात
आँशुले भिजेको पत्तो छैन
पलपल हरपल
रहर नमारिएको
प्रहर छैन
फुलले बास्ना
छर्न नपाऊदै
निमोठिएका चोट
भर्न नपाऊदै
अब म हाँसु
भनुँ कसरी
हे दायित्व
हे कर्तव्य
बाटो छोड
घुम्ती मोड
अब म गर्छु उजुरी
–विष्णु विक्रम निरौला
पाख्रीवास नपा-४, धनकुटा, नेपाल ।

