प्रदेश नं १ को नामाकारण ‘किरात सगरमाथा’ गर्न आग्रह

मोरङ, १५ जेठ । प्रदेश नं १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ ।किरात धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ आश्रम माङसेबुङ, इलामद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पाँच हजार वर्ष अगाडि महाभारतकालीन इतिहासमा ‘किरात’ उल्लेख भएको हुनाले यस प्रदेशको नामाकारण ‘किरात सगरमाथा’ राख्नुपर्नेमा जोड दिइएको हो ।

धर्मगुरुका निजी प्रवक्ता डिल्लीराम चाम्लीङले किरात प्राकृतिक, भौगोलिक, सांस्कृतिक सबै दृष्टिकोले उत्कृष्ट रहेकोले सोही नाम राखेमा सम्पूर्ण प्रदेशवासीको अपनत्व हुने विचार व्यक्त गर्नुभयो । किरात राई समाजका दशरथ रुम्दालीले प्रदेशको नामाकारण नहुँदा यस क्षेत्रका जनता समस्यामा परेकाले अविलम्ब उत्कृष्ट सभ्यताको किरात र विश्वको सर्वोच्च शिखरसहितको संयक्त नाम राख्नु उत्तम हुने धारणा व्यक्त गर्नुभयो ।

समाजसेवी धनराज मेयाङवोले पनि किरात सभ्यता विश्वमा पहिचान र सबै धर्मसंग सम्बन्धित रहेकाले ‘किरात सगरमाथा’ प्रदेश नै नामाकरण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ–प्रवक्ता
काठमाडौँ, १५ जेठ (रासस)ःसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालद्धारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सिआइएन) को १३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्न सबैसँग आग्रह गर्नुभयो ।

मन्त्री कार्कीले नेपाली पत्रकारिता क्षेत्रलाई निष्पक्ष, सुन्तुलित, भरपर्दो र सत्यतथ्यमा आधारित विश्वसनीय सञ्चार माध्यमको रुपमा विकास गर्दै समाज परिवर्तनको मुख्य माध्यम बनाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो,“सामुदायिक एफएम रेडियोले खासगरी आधुनिक कृषि, पर्यटन र जलस्रोतलगायत स्थानीय उत्पादन र त्यसको प्रवद्र्धनलाई बढवा दिने गरी प्रसारणमा जोड दिनुपर्ने छ, त्यसका लागि सामुदायिक रेडियोलाई आन्तरिक र राष्ट्रिय एकतासाथ बलियो बनाउनुपर्छ ।” मन्त्री कार्कीले सामुदायिक एफएम रेडियोले चेतनामार्फत समाज परिवर्तनमा अतुलनीय योगदान पु¥याएकामा प्रशंसा गर्दै आगामी दिनमा समृद्ध नेपाल निर्माणका लागि अझै सकारात्मक भूमिकाको अपेक्षा गर्नुभयो ।

(अकोराब) का पूर्वअध्यक्ष मीनबहादुर शाहीले प्रसारण प्रणालीको सुधार हुने गरी आमसञ्चार नीति तथा ऐन÷कानुन निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले विश्वसनीय पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विक्षाविद् डा विद्यानाथ कोइराला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारी, शिक्षा सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टा, निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मापौडेल, विश्लेषक जैनेन्द्र जीवन, सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन, प्राध्यापक ध्रुव घिमिरे र वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीलाई सम्मान गरिएको थियो ।

(अकोराब)को यस वर्षको ‘स्वयंसेवक सामुदायिक पत्रकार पुरस्कार’ ललिता हायु (रेडियो सिद्धबाबा, सिन्धुली), ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार’ महिलातर्फ शोभा हुमागार्इं (रेडियो रोशी काभ्रे), र पुरुषतर्फ भुवन रायमाझी (रेडियो मुक्तिनाथ, पाल्पा) र सोही पुरस्कार सीआइएन आन्तरिकतर्फ सुशीला श्रेष्ठलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।