आइजिपी बढुवाविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलासमा

काठमाडौँ, १७ जेठ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको इजलासमा पेसी तोकिएको छ । आजदेखि सुुनुवाइ हुन लागेको उक्त मुद्धामा प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षक बढुवाविरुद्ध परेको रिट निवेदनलाई साथै राखेर सुनुवाइका लागि पेसी तोकिएको छ । यसअघि, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार सुनुवाइ तय भएको हो ।सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियोे ।प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पोखरेलले दायर गर्नुभएको रिट निवेदनसँगै सिंहसहित तीन जनालाई एआइजी बढुवा गर्ने निर्णयविरुद्ध तीनजना डिआइजीले दायर गरेको रिटलाई साथै राखिएको छ ।

पर्यटकीय गन्तव्य बन्दै सिद्धिविनायक उद्यान
राँझा, १७ जेठ। बाँकेको डुडुवा गाउँपालिका–५ नानापुरस्थित सिद्धिविनायक उद्यान नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । उद्यानमा अहिले दैनिकजसो सर्वसाधारण घुमफिर गर्न आउने गरेका छन् । नेपालगञ्ज, कोहलपुरलगायत राप्तीसोनारीबाटसमेत सर्वसाधारण उद्यानमा घुम्न आउने गरेको क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालले बताउनुभयो । उहाँका अनुसार उद्यानलाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गरी बाह्य तथा आन्तरिक पर्यटक आउने वातावरण बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।

नानापुरको बाबुकुवा सामुदायिक वन परिसरमा करिब १० हेक्टर जमिनमा सिद्धिविनायक उद्यान निर्माण गरिएको छ । राँझा विमानस्थलबाट करिब तीन किलोमिटर पूर्वतर्फ डुडुवाखोला तरेसँगै दक्षिणतर्फको बाटोमा पर्ने बाबुकुवा सिमसार क्षेत्रमा अहिले उद्यानका लागि आवश्यक संरचना धमाधम निर्माण भइरहेका छन् । उद्यान परिसरमा दुई शौचालय, एउटा गोलघर, सात थान विश्रामस्थल, एक सभा भवन, एक बाटिका र सिद्धिविनायक लायन्स स्तम्भ निर्माण सम्पन्न भएको छ । ५ नंवर वडा कार्यालयले बाटिका निर्माणमा सहयोग गरेको छ । करिब एक कठ्ठा क्षेत्रफलमा रु छ लाखको लगानीमा बाटिकाको निर्माणकार्य पूरा भएको वडाध्यक्ष झङ्कबहादुर थापाले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको २० नं वडास्थित राँझा विमानस्थलसँग जोडिएकाले पनि यो उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्न उहाँको भनाइ छ । आगामी आर्थिक वर्षमा थप आवश्यक बजेट विनियोजनका लागि आफू सकारात्मक रहेको वडाध्यक्ष थापाले बताउनुभयो । लायन्स क्लब अफ नेपालगञ्ज सिद्दिविनायकको अगुवाइमा उद्यान निर्माण भइरहेको हो । रु आठ करोड ५० लाखको गुरुयोजना बनाएर काम सुरु भएको उद्यानमा हालसम्म करिब रु ६५ लाख लगानी भइसकेको लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका अध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो ।

लायन्स क्लबको एनएलएफ फण्ड, केन्द्रीय कार्यक्रम, सांसद विकास कोष, वडा कार्यालय र क्लबका अध्यक्ष तथा सदस्यबाट आर्थिक सङ्कलन गरी निर्माण कार्य हुँदै आएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार हालसम्म डब्लुडब्लुएफबाट रु दुई लाख, बाबुकुवा सामुदायिक वन उपभोक्ता समितिको पहलमा रु ४० लाख, माछापालन किसान समूहबाट रु १० लाख, स्व दिनेश यादव सांसद विकास कोषबाट रु १० लाख, लायन्स क्लब केन्द्र्रीय कार्यक्रमबाट रु एक लाख, एनएलएफ कोषबाट रु ५० हजार र क्लबका अध्यक्ष र सदस्यहरूबाट रु छ लाख ५० हजार लगानी भएको छ । गुरुयोजना बमोजिम निर्माण सम्पन्न भइसकेपछि विभिन्न शीर्षकबाट हुन आउने आम्दानीबाट उद्यानको मर्मतसम्भार गर्ने र बचेको रकम समुदायका कमजोर आर्थिकस्तर भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी सहयोग गर्नेसमेत योजना रहेको उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖