भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु

चितवन, २४ जेठ । भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गर्नुभएको हो । अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सापास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली सुरु गरिएको हो ।

हरेक वडामा डिजिटल प्रविधिबाट काम गर्ने तयारीस्वरुप यो सेवा सुरु गरिएको महानगरप्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।” पहिलो चरणमा महानगरबाट कागजरहित सेवा उपलब्ध गराउन यो प्रणालीको सुरुआत गरिएको उहाँले बताउनुभयो । स्मार्ट सिटीको अवधारणाअन्तर्गत महानगरको काम अघि बढेको उहाँले जानकारी दिनुभयो ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाइन प्रणालीमार्फत सेवा लिन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अनलाइन प्रणाली सुरु भएसँगै भ्रष्टाचारसमेत कम हुनेछ ।” जनताले सेवासुविधा चुस्त रुपमा पाउन सक्ने उहाँको भनाइ थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दर्ता चलानीलाई व्यवस्थित गर्न वैज्ञानिक प्रक्रियाबाट काम सुरु गरिएको बताउनुभयो । डिजिटल बडापत्रमा नागरिकले पाउने सूचनाहरु लिन सहज हुने उहाँले बताउनुभयो ।

आठ करोड लगानीमा ट्रायल सेन्टर
चितवन, २४ जेठ । भरतपुर महानगरपालिका–८ स्थित तीनतले चोकमा सुविधा सम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । दुई बिघा तीन कट्ठा जग्गामा प्रशिक्षण केन्द्र निर्माण गरिएको हो । महालक्ष्मी ट्रायल सेन्टर प्रालिले आज केन्द्र परिसरमा पत्रकार सम्मेलन गरी त्यहाँका सुविधाका बारेमा जानकारी गराएको हो । चितवनका पाँचसहित १५ युवा व्यवसायीले जग्गा भाडामा लिएर केन्द्र स्थापना गरेकोे प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार रु आठ करोड लगानीमा केन्द्र सञ्चालनमा ल्याइएको र यो देशकै सबैभन्दा ठूलो सवारी चालक प्रशिक्षक केन्द्र हो ।

मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, भारी सवारी साधन, ट्र्याक्टरका साथै हेभी इक्युपमेन्टहरु र दक्ष प्रशिक्षकद्वारा सिकाइने सो सेन्टरमा दैनिक एक हजारलाई प्रशिक्षण दिन सक्ने क्षमता रहेको छ । केन्द्रमा यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र लिन लिइने प्रयोगात्मक तथा लिखित परीक्षाका लागि दैनिक एक हजार ५००को परीक्षा लिन सक्ने क्षमता रहेको उहाँको भनाइ थियो । उक्त केन्द्रमा १५ कार, जिप, ५० मोटरसाइकल, २५ स्कुटर प्रशिक्षणका लागि व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय व्यवस्था रहेको सो केन्द्रमा अपाङ्ग मैत्री शौचालय, अपाङ्ग मैत्री भवन, पार्किङको उचित व्यवस्था छ । एक पटकमा ७०० सवारी साधन पार्किङ गर्न मिल्ने उहाँले बताउनुभयो । सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्डअनुसार केन्द्र निर्माण गरिएको हो । केन्द्रका सञ्चालक आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दैनिक तीन हजार जनाले ट्रायल परीक्षा दिन मिल्ने गरी प्रशिक्षण केन्द्र बनेको बताउनुभयो । उहाँका अनुसार चार वटा ¥याम, एट सेप, एल
ब्याक, युटर्न पाँच–पाँचवटा छन् । यस्तै हम्प तीनवटा, ट्राफिक लाइट चार सेटलगायत संरचना बनाइएको यञ्जिनियर नेपालले बताउनुभयो । प्रशिक्षण केन्द्र असार पहिलो सातादेखि सञ्चालन आउने जनाइएको छ । चितवनमा ३० भन्दा बढी ड्राइभिङ केन्द्र छन् । पूर्वपश्चिम राजमार्गबाट करिब एक किलोमिटरभित्र प्रशिक्षण केन्द्र रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।