सद्भावको राजनीति
कविता
–वीरबल खड्का
सद्भावको राजनीति
जित्नेको उन्माद देख्छु
मात्तिएर हार्ने माथी खिसी
कम्तिमा सुरु गरौँ न साथी,
थोरै सद्भावको राजनीति ।
२२ भिरिंगी ३३ धातु छन्
सबै मिलाउंदा जित्नेको भन्दा
बहुमत हार्नेहरुको रहेछ साथी,
जित्नेहरुले हेक्का राख्नु पर्यो !
थोरै सद्भावको राजनीति
अब,,,
जित्ने उदार छाति नदेखाए
सबैलाई समेट्ने कर्तब्य नठाने,
जित्ने ले चोकमा
जे पायो त्यहि बोल्दै हिड्ने
हे साथी खै कहाँ गयो
थोरै सद्भावको राजनीति।
जित्ने अराजकता बन्दै जाने
लोकतन्त्रको दिगोपन यहि हो साथी
सम्वृद्धि सम्भव छ,
अनि विकास संभव छ।
तर
हामीले उरन्ठेउलो मानसिकता त्याग गर्नपर्यो।
भाईचारा को राजनीतिको ज्ञान हुनु पर्यो
विकासको ढोका खोल्न
समृद्धिका पाना पल्टाउन
थोरै सद्भावको राजनिती गर्न पर्यो है साथी।
–पाख्रिबास-४,धनकुटा


