मन्त्री आले र स्पेनका राजदूतबीच द्विपक्षीय सम्बन्धबारे छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि स्पेनका राजदूत जोसेमारिया¥याडाओ डोमिनगेजुबीच आज मन्त्रालयमा नेपाल र स्पेनको द्विपक्षीय सम्बन्ध तथा साँस्कृतिक, पर्यटकीय क्षेत्रका विषयमा छलफल भएको छ । उक्त भेटवार्ता एवं छलफलका क्रममा मन्त्री आलेले स्पेनका नागरिकलाई नेपालका पर्यटकीय क्षेत्र तथा हिमशृङ्खला अवलोकन गर्न आउन आग्रह गरे । उनले भने, “नेपालमा कोरोना सङ्क्रमण दर करिब–करिब अन्त्य भइसकेको छ, स्पेनका नागरिकलाई यहाँका पर्यटकीय क्षेत्र अवलोकनका लागि आउन आग्रह गर्दछौँ ।”

सोही क्रममा मन्त्री आलेले जलवायु परिवर्तनका विषयमा स्पेनले लिएको नेतृत्व स्वागतयोग्य रहेको बताए । यसैगरी मन्त्री आलेले नेपालले हालै ‘आइकाओ सेफ्टी अडिट’मा नेपालले गरेको उल्लेखनीय प्रगतिका बारेमा राजदूत डोमिनगेजुलाई जानकारी गराए । सोही भेटवार्ताकै क्रममा मन्त्री आलेले स्पेन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै नेपाललाई कोभिड–१९ तथा महाभूकम्पका बखत संयुक्त राष्ट्रसङ्घमा सहयोगका लागि लिएको कदमका लागि स्पनेले गरेको सहयोगका लागि धन्यवादसमेत ज्ञापन गरे ।

सोही छलफल एवं भेटवार्ताका क्रममा स्पेनका राजदूत डोमिनगेजुले नेपाल र स्पेनबीच सुमधुर सम्बन्ध रहेको साथै साँस्कृतिक तथा व्यापारिक सम्बन्धमा थप विस्तार गरी सम्बन्ध थप सुदृढ गर्न सकिने बताए । उनले भने, “नेपाल–स्पेनबीच सुमधुर सम्बन्ध रहेको छ, हामी आवश्यकता परेका बखत नेपाललाई थप विकासका काम सहयोग गर्न तयार रहेका छौँ ।” यसैगरी राजदूत डोमिनगेजुले वातावरण तथा जलवायुजस्तो महत्वपूर्ण विषयमा स्पेन संवेदनशील रहेको र सो सम्बन्धी सहयोग र सहकार्यका लागि तयार रहेको मन्त्री आलेसमक्ष जानकारीसमेत गराएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।