प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौँ,३ असार । प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे ।त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री खाणले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरे । प्रतिनिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत
काठमाडौँ, ३ असार । एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य भूटानले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । भूटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नगवान चोदेनले ८, सोनाम चोदेनले ५ तथा पेमा सोल्डनले ४ रन जोडिन् ।भूटानलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सङ्गीता राई एक्लैले चार विकेट लिइन् भने कविता कुवँर र सीता रानामगरले समान दुई÷दुई विकेट लिए । त्यसैगरी अस्मिना कर्मचार्य र इन्दु वर्माले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल बनाएको थियो । नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान दिइन भने इन्दु बर्माले २० रन बनाइन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २१, डोली भट्टले ५, सीता रानामगरले ४ तथा ममता चौधरीले ३ रन जोडिन् ।

बलिङमा भूटानकी सोनाम चोदेन एक्लैले चार विकेट लिइन भने अञ्जु गुरुङ र तासी चेकीले एक एक विकेट लिए । समूह बी मा रहेको नेपालले भोलि कुवेतको सामना गर्नेछ । समूह बी मा नेपालसहित बहराइन, भूटान, हङकङ र कुवेत छन् । त्यसैगरी समूह ए मा आयोजक मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् भने फाइनल पुग्ने टोलीले एशिया कप खेल्न पाउनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।