धनकुटामा वितेका ६ महिनामा ४८ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको विवरण सार्वजनिक

धनकुटा,३ असार । धनकुटामा वितेका ६ महिनामा ४८ बटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजनिक भएको विवरण सार्वजनिक भएको छ ।

अनौपचारीक सेवा केन्द्र इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ अर्ध बार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरि ४८ जना विभिन्न घटनाबाट पी’डित भएको तथ्यांक सार्वजनिक गरेको हो ।

इन्सेक धनकुटाले सार्वजनिक गरेको प्रतिवेदनमा ह’त्या २,कु’टपि’ट ४,धा’रिलो ह’तियार ‘प्रहार ३,ब’ला’त्का’र ८, ब’ला’त्का’रको प्रयास १ र घरेलु हिं’सा ३० जना रहेको छ ।गतवर्ष भरिमा ५७ जना पि’डित भएकोमा यो वर्ष भने ६ महिनाको अवधीमा नै ४८ जना पि’डित भएको हुँदा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटना बढि हुनसक्ने अनुमान प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैको पहल र प्रयत्नले मात्र मानव अधिकार उल्लङ्घनका घटनामा कमि आउने बताउँनु भयो साथै उहाँले घटना हुदाँ केहि घटनाले राजनैतिक रुप लिदाँ न्याय निरुपणमा समस्या पर्ने गरेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल , प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठ , हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मिहरुको उपस्थिती रहेको इन्सेक धनकुटा प्रतिनिधि इश्वर थापाले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।