सार्वजनिक यातायातको भाडामा उच्च वृद्धि (सूचीसहित)

काठमाडौं, ६ असार । पेट्रोलियम पदार्थको भाडावृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय यतायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायताका यात्रुवाहक तथा मालबाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको यातायता व्यवस्था विभागले जनाएको हो ।

सरकारले हालै १६ प्रतिशत भन्दा बढी हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सावरी सधानमा ९.९४ प्रतिशत, यात्रुवाहक सावरी सधानमा ५.३० प्रतिशत, तराइको बाटोमा सञ्चालन हुने मालबाहक सावरी सधानमा ७.७ प्रतिशत भडावृद्धि भएको हो ।

बैतडीको विद्युत् सेवा चार दिनका लागि अवरुद्ध
बैतडी, ६ असार (रासस) :बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सवस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध भएको छ ।

उहाँले भन्नुभयो, “जिल्लामा नयाँ विद्युत् सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध भएको हो । मर्मत तथा नयाँ सवस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध हुन्छ ।”

सवस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका सवस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

आज बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिएका र बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । यद्यपि वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सञ्चालन गर्न उपाय खोजिराखेको भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्भव भयो भने दिउँसोको केही घण्टा सेवा दिन्छौँ तर त्यो सम्भव हुन्छ भन्ने यकीन छैन ।” विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति विद्युत् प्राधिकरणले क्षमासमेत मागेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।