एन्फा निवर्तमान अध्यक्ष शेर्पाले फिर्ता गरे गाडी

काठमाडौं, ७ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफू पदमा रहँदा प्रयोग गरेको गाडी फिर्ता गरेका छन् । सोमबार भएको एन्फाको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका शेर्पा पंकजविक्रम नेम्वाङसँग ६ मतले पराजित भएका थिए ।

शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेले एन्फाको भण्डार शाखा प्रमुख अच्युतराज घिमिरेलाई बा ८ च ६१७ नम्बरको टोयोटा फर्चुनर फिर्ता गरे ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष शेर्पाले ३९ तथा अध्यक्ष नेम्वाङले ४५ मत पाएका थिए ।

अध्यक्षबाट पदमुक्त भएसँगै शेर्पाले मंगलबार बिहानै एन्फालाई आफूले प्रयोग गरिरहेको गाडी फिर्ता गरेका हुन् ।

चार वर्षअघि सहकार्य गर्दै एन्फा नेतृत्वमा आएका शेर्पा र नेम्बाङ यस पटक भने एकअर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा नेम्बाङ पक्षले बहुमत प्राप्त गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।