एभोकाडोमा फल झर्ने समस्या, मलखाद तथा काँटछाँट ब्यवस्थापन

जीवनप्रसाद राई । धनकुटा जिल्लामा हाल एभोकाडोमा फल झर्ने समस्या प्रमुख रुपमा देखिएको छ । फिल्डको अध्ययनले यो समस्या प्रमुख हुनुमा तीन कारणहरु छन । धनकुटा नगरपालिकाले २०७५ सालदेखि एभोकाडोमा बिशेष कार्यक्रम संचालनमा ल्याएपछि यसमा मुल्यमा बृद्धि भयो । यही उच्च मुल्य प्राप्तिका कारणले गर्दा नै एभोकाडो प्रति धेरै नगरबासीहरुको चासो बढ्यो । यसैले एभोकाडोमा सानोतिनो समस्या पनि समस्या बन्ने गरेको छ ।


हुनत नगरपालिकाले नै एभोकाडोलाई उच्च मुल्य आउने बनाईसके पछि यसमा आउने प्रत्येक समस्यालाई समेत सम्बोधन गर्नुपर्ने हुन्छ तर नगरसंग भएको दक्ष प्राबिधिक जनशक्ति तथा उपलब्ध स्रोतसाधानका कारणले गर्दा त्यो संभावना देखिन्दैन । कतिपय समस्याहरु अनुसन्धान गरेर मात्रै समाधानको उपाय निकाल्नुपर्ने हुन्छ । त्यसका लागि नगरपालिका आफैमा सक्षम छैन । अनुसन्धान आफैमा धेरै लामो र धेरै लगानी लाग्ने हुनाले नगरसंग त्यो बजेट र जनशक्ति छैन ।

नेपाल केन्द्र सरकारले नै यस्ता बिषयमा प्रमुख प्राथमिकताका साथ कार्य गर्नुपर्ने हुन्छ तर सरकारले यसबारेमा प्रभावकारी रुपमा कार्य गर्न नसकेको कारणले गर्दा किसानले पाउनुसम्म दुःख पाएका छन । यदि सरकारले यसप्रकारका कार्यमा जिम्मेवारी पुर्ण तरिकाले कार्य गर्ने हो भने कृषकले धेरै राहत पाउने थिए । हाल एभोकाडोको प्रमुख समस्या नै फल झर्ने हो । यसमा सुधार गर्न सकिनेतर्फ आउनुहोस छलफलको पहल गरौ ।

यो लेखको उद्धेश्य नै एभोकाडोको फल किन झर्छ र फल झर्ने समस्याबाट कसरी बचाउने भन्ने हो । एभोकाडोमा फल झर्नुमा प्रमुख तीन बिषयहरु रहेको देखाँउछ । १) मलखाद ब्यवस्थापन २) अपरिपक्व बीउको प्रयोग र ३) काँटछाँटको ब्यवस्थापन । फलझर्ने समस्यालाई समाधान गर्नका लागि हामीले निम्न सुधारका उपायहरु अपनाउनुपर्ने हुन्छ ।

१ . मलखाद ब्यवस्थापन:

कुनै पनि फलफुलको एउटा नियम रहेको हुन्छ उसलाई पुग्दो मलखाद अर्थात खाद्यतत्व दिनुपर्ने हुन्छ । जसरी मानिसमा गर्भिणी अवस्था र सुत्केरी अवस्थाका महिलाहरुलाई पोषण तत्वको महत्व ज्यादै रहन्छ । त्यसैगरि वयस्क अवस्थाको एभोकाडोलाई राम्रो फलाउन र फलेको फललाई झर्नबाट बचाउन उचित खालको मलखादको ब्यवस्थापन गरिनु आवश्यक हुन्छ । यसैले बिरुवा रोप्दा ७ मिटरको फरकमा २ फिट गोलाई र २ फिट गहिराई गरेर खाल्डो बनाउने । त्यो खाल्डोमा कम्तिमा पाकेको कम्पोष्ट मल २५ देखि ३० किलो सम्म प्रयोग गरिनु पर्दछ । यसरी मल र माटोलाई मिसाई बिरुवालाई रोप्नु पर्दछ ।

           लेखक

यसरी रोपिएको बिरुवामा सिंचाईको ब्यवस्थापन पनि तत्कालै गरिनु पर्दछ । अब प्रत्येक बर्ष एभोकाडोको बिरुवामा पानी र मलखादको ब्यवस्थापन गरिनुपर्ने हुन्छ । धनकुटाको सन्दर्भमा यो नै नपुगेको देखिन्छ । यसैले धेरै फल झर्ने समस्या आएको पाईन्छ । एउटा फल दिने अवस्थाको बोटले पाकेको गोबरमल कम्तिमा पनि २ डोका ५० देखि ६० किलो आवश्यकता पर्दछ । यसैगरि ५० देखि १०० किलो सम्म फल दिने अवस्थाको बोटलाई १०० किलो सम्म मल दिनु पर्दछ भने २०० देखि ५०० किलो सम्म फल दिने बोटलाई कम्तिमा पनि ३०० किलो मलको आवश्यकता पर्दछ । यसैगरि १००० किलो सम्म फल दिने बोटलाई कम्तिमा पनि ४०० देखि ५०० किलो सम्म पाकेको कम्पोष्ट मलको प्रयोग गरिनु पर्दछ । यसका साथै अन्य बिभिन्न खाद्यतत्वहरुको समेत प्रयोग गरिनु आवश्यकता पर्दछ । बोनमिल अर्थात हड्डीको मलको प्रयोग पनि उतिकै राम्रो मानिन्छ । यसका साथै प्रर्याप्त मात्रामा सिचांईको समेत प्रबन्ध गरिनुपर्दछ ।

मलखाद ब्यवस्थापन गर्ने बेलामा अन्य फलफुलमा मलखाद दिनुभन्दा यसमा सामान्यत फरक पर्दछ । अन्य फलमा बिरुवाको वरपर खनेर मलखाद दिईन्छ भने एभोकाडोमा भने बिरुवाको वरपर हल्ला खनेर होईन खोर्सिएर माथिबाट मल दिनु पर्दछ – यसो गरिनुपर्ने कारण हो एभोकाडोको जरामा असर नपुगोस भन्ने । र माटोले छोपिदिनुपर्दछ अनि पानी दिनुपर्दछ । एभोकाडोमा मल दिने उपयुक्त समय भनेको फुल खेल्नु भन्दा पहिला नै हो । ब्यवसायिक रुपमा एभोकाडो खेती गर्ने कृषकहरुले एभोकाडोमा कुन समयमा के गर्ने भनेर एउटा बाली क्यालेण्डर नै तयारी गरेर राख्नुपर्ने हुन्छ । त्यही क्यालेण्डर अनुसार चल्नुपर्ने हुन्छ ।

२. अपरिपक्व बीउको प्रयोग :

एभोकाडोमा समस्या सिर्जना हुनुमा अपरिपक्व बीउको प्रयोग पनि एक हो । पछिल्लो समयमा अस्वस्थ प्रतिस्पर्धाका कारणले गर्दा सबै प्रकारका एभोकाडोका बीउहरुको बिरुवा उत्पादनमा प्रयोग गरिएको छ । यस्ता प्रकारका बिरुवाहरु बाट पनि समस्या आउने हुन्छ । जहिल्यै पनि बीउको प्रयोग गर्दा स्वस्थ तथा निरोगी बोटको र परिपक्व भएको एभोकाडोको दानाबाट प्रयोग गरिनुपर्दछ । यसरी निकालिएको बीउ मात्रै प्रयोग गरिनुपर्ने हुन्छ । तर यो तरिका अपनाएर कार्य गरिएको छैन । धनकुटा नगरपालिकाको २०७६ र २०७७ सालमा दुईपटक गरिएको नर्सरी सुधार तालिमले केही सुधारका प्रयासहरु भएता पनि अझै यो कुरा प्रर्याप्त मात्रामा पुगेको देखिन्दैन । यसलाई निरन्तर तथा सबैलाई घर घरमा नै तालिम तथा अनुगमन सहितको प्रोत्साहन गरिनुपर्ने देखिन्छ ।


अर्थात नेपाल सरकारका निकायहरुले एभोकाडोको माउ बोटहरु केही समयका लागि आफैले तयारी गरेर स्रोत केन्द्र निर्माण गरि बिरुवा बितरण गरिनु यसको भरपर्दो उपाय हुन सक्दछ । यसमा धनकुटा नगरपालिकाले नै अगुवाई गरिनुपर्दछ । बीउ र बिरुवामा सुधार्न सकिए मात्रा पनि अहिलेको समस्या निकै समाधान हुने देखिन्छ ।

३. एभोकाडोमा काँटछाँट ब्यवस्थापन:

धनकुटा नगरपालिकाले एभोकाडोमा कार्यव्रmम संचालन गरिरहँदा एउटा छुटाएको बिषय हो । एभोकाडोमा काँटछाँट ब्यवस्थापन कार्य । यसमा दक्ष प्राबिधिकहरुबाट कृषकहरुलाई तालिम दिने ब्यवस्थापन गरिनुपर्दछ । हाल धनकुटा नगरमा मात्रै एभोकाडोका लाखौ बोटहरु भएता पनि काँटछाँट ब्यवस्थापन कुनैमा पनि भएको छैन । अन्य बिरुवामा जस्तै एभोकाडोमा पनि काँटछाँट ब्यवस्थापनको आवश्यकता पर्ने र अन्य फलफुलको तुलनामा यसमा बढी काँटछाँटको ब्यवस्थापन गरिनुपर्नेमा प्राकृतिक रुपमा नै एभोकाडोलाई छोडि पठाएर फलाउने गरिएको छ ।

फललाई प्राप्त हुनुपर्ने पोषण तत्व पात वा हागाँलाई चाहिने भएपछि फल झर्ने नै हुन्छ । एकातिर पुग्दो मलखादको अभाव छ भने अर्कोतिर काँटछाँटको ब्यवस्थापन गरिएको छैन । यसैले नै बढी मात्रामा फल झर्ने गरेको देखिन्छ । एभोकाडोमा काँटछाँटको ब्यवस्थापनका लागि प्रत्येक बोट अनुसार फरक फरक समय हुने गर्दछ । जस्तै एभोकाडोमा बाह्रैमास फल्ने एभोकाडो, अगौटे अर्थात भदौमा नै पाक्ने एभोकाडो, मध्य सिजन अर्थात मंसिर पुषमा पाक्ने एभोकाडो र पछौटे फागुन, चैतमा मात्रै पाक्ने एभोकाडो यी सबैलाई काँटछाँट ब्यवस्थापन गरिनुपर्ने हुन्छ । तर जुनसुकै सिजनमा फल्ने एभोकाडो भएता पनि फुल आउनु भन्दा पहिला अर्थात एभोकाडो टिप्ने बित्तिकै नै काँटछाँटको ब्यवस्थापन गरिनुपर्ने हुन्छ ।

यसरी एभोकाडोमा प्रमुख तीन बिषयहरुमा ध्यान पुर्याउन सकिएमा फलझर्ने समस्याबाट किसानहरु मुक्त हुनेछन । सरकारले पहल कदमी गर्दै रहन्छ तर यसको प्रत्यक्ष फाईदा किसानले पाउने हुनाले कृषक स्तरबाट समेत पहल गरिनुपर्दछ ।

 

(लेखक कृषि पर्यटन अभियन्ता हुनुका साथै १३ बर्ष सिप्रेड नेपालमा कृषि प्राबिधिक भएर कामको अनुभव प्राप्त ब्यक्ति हुन । उनकै पहलमा धनकुटा नगरपालिकामा एभोकाडो परियोजना अघि बढेको हो।- सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।