हिले बजारमा मोटर साईकलको ठक्करबाट एक व्यक्ति घाईते
धनकुटा ।धनकुटा नगरपालिका वडा नं १ हिले बजारमा मोटर साईकलको ठक्करबाट एक व्यक्ति घाईते भएका छन् । घाईते हुनेमा १ नं वडा कै तिलक कार्की रहेको प्रहरीले जनाएको छ ।
६५ वर्षका कार्कीलाई सडक पार गर्नेक्रममा बीहिबार धनकुटा तर्फ जाँदै गरेको को ७ प ८८२३ नं मोटर साईकलल ठक्कर दिंदा सामान्य घाईते भएको हिले प्रहरी चौकीले जनाएको छ ।
घाईते कार्कीलाई उपचारका लागि विपि काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।
दूर्घटनामा संलग्न मोटरसाईकल चालक भोजपुर आमचोक गाउँपालिका ३ का प्रनेश राई घाईतेको उपचारमै संलग्न रहेको र आज आएर मिलापत्र गर्ने कुरा रहेको प्रहरीले जनाएको छ ।


