प्रदेश १ को नामाकरण लिम्बुवान किरात हुनुपर्ने माग

काठमाडौं । लिम्बुवान किरात सयुक्त सघर्ष समितिले एक पत्रकार सम्मेलन गरि आफ्नो धारणालाई सार्वजानिक गरेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संघीय परिषदको सभाकक्ष अनामनगरमा आयोजित सम्मेलनमा प्रेस विज्ञप्तिलाई मुक्साम मेन्याङ्बोले पढेर सुनाएका थिए । पत्रकारहरुको प्रश्नको उत्तर अर्का लिम्बुवानी नेता खगेन्द्र माखिम र नेपाल आदिवासी जनजाति महासंघ संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले दिए र अध्यक्ष शेर्पाले लिम्बुवान किरात नामाकरणमा महासंघको तर्फबाट प्रतिबद्धता पनि जनाए । पहिचान नदि खोलाले नमागेको र कोशी नामाकरण एकल हिन्दु आर्यको मात्र विरासत बोक्ने भएकोले अस्वीकार्य हुने यद्यपी नामाकरण सहमतिमा हुनुपर्ने धारणा ब्यक्त गरे ।

एमालेको तर्फबाट त्रिवेणी चोङवाङ, काँग्रेसको तर्फबाट उत्तमसिं थाङदेन, किरात याक्थुङ चुम्लुङको तर्फबाट प्राध्यापक प्रेम एक्तेन, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको तर्फबाट विष्णु याक्सो, जसपाको तर्फबाट माखिम र नेकपा माओवादी केन्द्रको तर्फबाट स्वयं मेन्याङबोले प्रतिनिधित्व गरेका थिए । सभालाई चुम्लुङ महासचिव निरन्ती तुम्बापोले संचालन गरेकी थिइन ।

विभिन्न राजनैतिक दलमा आबद्ध लिम्बुवान मोर्चा तथा समितिको आग्रहमा चुम्लुङले समन्वयकारी भूमिका खेल्दै आएको छ । शनिवार इटहरीमा बैठक हुदैछ र सम्बन्धित नेताहरु समक्ष भेटने, लबिङ गर्ने साथै विभिन्न स्थानमा कार्यक्रमहरु गर्ने जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।