धनकुटा सदरमुकामको सरस्वती मन्दिर परिसरमा विविध कार्यक्रम

धनकुटा,२६ असार । आज हरिशयनी एकादशीको अवसर पारेर सरस्वती क्षेत्र विकास समिति, धनकुटाको आयोजनामा ऐतिहासिक सरस्वती मन्दिर परिसरमा वर, पीपल, धुपी, समी, कल्की, जामुन, अम्वा, अमलालगायत २५ भन्दा बढी प्रजातिका विरुवाहरु रोपिएको कुरा सो समितिका सदस्य सीताराम पराजुलीले बताउनु भयो ।

सो अवसरमा भिमदल गुल्म सल्लेरी परिवारले सरसफाइमा विशेष सहयोग गरेको थियो ।कार्यक्रममा प्रजिअ युवराज कटृेल, प्रमुख सेनानी निरज भण्डारी, जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारी, सशस्त्र प्रहरी बलका प्रमुख डिएसपी दिपक बलामी, धनकुटा नगरपालिका वडा ६ का वडाध्यक्ष मिलन खड्गी, निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठ, पत्रकार महासंघका निवर्तमान सभापति राजेश्वरबहादुर श्रेष्ठलगायत स्थानीयको सहभागिता रहेको समितिका सचिव रमेशप्रसाद पोख्रेलले बताउनु भयो ।

सोही अवसरमा वडाध्यक्ष मिलन खड्गीले समितिको कार्यालय उद्घाटन गर्नुभयो भने ध्यान केन्द्र भवन निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठले गर्नु भएको थियो ।

ऐतिहासिक सल्लेरीबन क्षेत्रमा रहेको सरस्वती मन्दिरको स्थापना सल्लेरी वन स्थापना हुनुभन्दा पहिलेदेखि नै स्थानीय आठपहिरया राईहरुले शक्ति माताका रुपमा पूजा आजा गर्दै गरेको, पछि त्यसैलाई सरस्वती माताका रुपमा पुज्न थालिएको जनविश्वास छ ।

सरस्वती मन्दिर क्षेत्र मनोरम, शान्त र लोकप्रिय बन्दै गएकोले सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन खोजिएको कुरा समितिका उपाध्यक्ष बेणुबहादुर बस्नेतले बताउनु भयो ।

यसैबिच समितिको आयव्यय तथा आजीवन सदस्यताको वर्तमान अवस्था बारेमा समितिका कोषाध्यक्ष व्यञ्जना पोखरेलले प्रस्तुत गर्नु भएको थियो ।समितिको अध्यक्षता अच्युता पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अभियान्ता ठाकुर बरालले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।