बिदेशी सपना प्याक गरेर स्वदेशमै सुन फलाउदै बिनोद श्रेष्ठ

जीवनप्रसाद राई/कजेनी, ईलाम । साथीहरुको संगतले कुनैबेला बिदेशिने रहरमा लागेका सुर्योदय नगरपालिका ८ का बिनोद श्रेष्ठ अहिले चलानी जातको स्कुस खेतीमा लागेका छन । उनले ४० रोपनी जमिन बार्षिक २ लाख भाडा तिर्ने शर्तमा लिई स्कुसको खेतीमा लागेका हुन । उनको बार्षिक खर्च बाँसमा ५ लाख, कामदरमा ७ लाख गरि १२ लाख रुपियाँ हुने गरेको छ । बर्षमा उनी १ लाख २० हजार किलो स्कुस बेच्ने गर्दछन । आफ्नो सम्पुर्ण खर्च कटाएर कम्तिमा पनि बार्षिक रुपमा २० लाख रुपियाँ कमाउने गर्दछन ।

उनी आफ्नो स्कुसलाई भारतको सीमा सम्म आफै पुर्याउने गर्दछन । उनले अन्य धेरै कृषकहरुको स्कुसलाई समेत सीमाना सम्म पुर्याउन काम गर्दछन । उनका अनुसार पशुपतिनगर बाट दैनिक रुपमा ३८ लाख बराबरको स्कुस भारतमा निर्यात हुने गर्दछ । निर्यातमा समस्याहरु रहेका छन । नेपाल सरकारले केही मात्रामा सहयोग गरे सहज हुने उनी बताउँछन । बिदेशी बजारलाई बिस्तार गर्नका साथै स्वादेशमा स्कुसबाट बनाउन सकिने प्रडक्टहरु बनाउन सकिएमा स्कुसको उत्पादन धेरै मात्रामा बढ्ने हुन्छ ।

उनको भनाईमा चलानी जातको स्कुस भदौ महिनामा रोपि सक्नु पर्दछ । पातालो गरेर रोपिने यो स्कुसको अर्को बर्ष बीच बीचमा अर्को स्कुसको बीउ रोप्नु पर्दछ । यसको मुन्टा टिप्न मिल्दैन भने भुईतिर आउने मुन्टालाई टिप्नुपर्दछ । बाक्लो गरि आएको पातले यसको फलमा असर गर्ने हुनाले यसलाई समय समयमा टिपेर फाल्नु पर्दछ । यसरी टिपेर फालिएको पातलाई गाई, भैसी, बाख्रा तथा बंगुर सबैलाई घाँस तथा दानाको रुपमा काममा आउने गर्दछ ।

आगामी दिनमा उनी थप आफ्नो योजनालाई बिस्तार गर्दै १ सय रोपनीमा स्कुस खेती गरेर बार्षिक रुपमा ७० देखि १ करोड सम्म आम्दानी गर्ने लक्ष्य रहेको छ । उनी बिदेशमा भन्दा स्वादेशमै पसिना बगाउन पाएकोमा निकै खुसी देखिन्छन ।

सुर्योदय नगरपालिकामा हाल स्कुस ३ वटा वडामा खेती भईरहेको छ । स्कुस खेतीमा संलग्न कृषक संख्या अनुमानित १ हजार ५ सय जना रहेका छन । हाल सुर्योदय नगरपालिका क्षेत्रमा मात्रै दैनिक रुपमा २ लाख किलो स्कुसको उत्पादन हुने र भारत निर्यात गरेर बार्षिक रुपमा झण्डै ७० करोड रकम भित्रिने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖