निर्वाचन आयोगमा ५८१ वटा ल्यापटप प्रयोगविहीन

काठमाडौं, असार ३०। निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् । ‘कोर आई थ्री’ ल्यापटप प्रयोगविहीन बनाइएका हुन् । आयोगले किनेका उपकरण बेकामे अवस्थामा रहेकाले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ।

निर्वाचन आयोगमा जथाभावी ल्यापटप, छपाइ मेसिन किनेर प्रयोगविहीन बनाउने सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न सुझाव दिइएको हो। महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनमा सामान किन्न अनुमति दिएर प्रयोग नगराउने निर्वाचन आयोगका पदाधिकारीलाई कारबाही गर्न सुझाएको हो।

आयोगले २०७४ सालमा १० करोड ५५ लाख ४० हजार रूपैयाँको हाई स्पिड डिजिटल कलर प्रिन्टर किनेको थियो। साथै ११ करोड २८ लाख रूपैयाँ तिरिएका दुई थान स्प्रिङ डिजिटल मोनोक्रोमसमेत गरी २१ करोड ८३ लाख ४० हजारको अत्याधुनिक छपाइ मेसिन खरिद गरिएको थियो । ती सबै हाल प्रयोगविहीन अवस्थामा छन्। नागरिक दैनिकबाट

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖