गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रूपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् ।

जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । धरपक्कडका क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको दाबी गर्दै अधिकारीलाई बर्खास्त गर्न केही दिनदेखि काठमाडौंमा प्रदर्शन भइरहेकाे छ। राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान रहेको तर अधिकारी एमालेको अर्थ विभागमा रहेको भन्दै काठमाडौंमा नियमित प्रदर्शन भइरहेका हुन् ।

एमालेले भने एम अधिकारी भन्ने ब्यक्ति गभर्नर अधिकारी नभएको भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ । उसले गभर्नर अधिकारीलाई एम अधिकारी भन्ने ब्यक्ति ‘तपाई नभएको’ ब्यहोराको पत्र पनि पठाइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।