प्रदेश १ को नाम किरात प्रदेश राख्न किरात राई यायोक्खाकाे माग

खोटाङ, ५ साउन । किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै जनप्रदर्शनको तयारी गरेको छ । प्रदेश १ को नामकन पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा जनप्रदर्शनको तयारी गरेको हो ।

यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहीबार प्रेस विज्ञाप्ती जारी गर्दै प्रदेश १ को नाम किरात राख्न जनदबाब सिर्जना गर्न र्‍यालीले बजार परिक्रमा, कोणसभा लगायतका रचनात्मक कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए ।

यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दैआएको छ ।

राप्रपामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल
काठमाडौं, ५ असार /राप्रपामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल सुरु भएको छ ।

काठमाडौंमा बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफलको विषय बनाइएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

दुई दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, संगठन सुदृढीकरण, दोश्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र संघको निर्वाचनको तयारी लगायत समग्र पक्षमा छलफल गरि पार्टीको भावी रणनीति तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहीबार केन्द्रीय समितिमा ४९ जना सदस्य थपिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, जगत गौचन, राजाराम श्रेष्ठ, परशुराम तामाङ, रामशरण पाठक, जयलाल पुन, रामचन्द्र राय, दिपकबहादुर सिंह, अजय थापा, सम्झना चौधरी, केदारवहादुर अधिकारी, केदार न्यौपानेसहित ४९ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेका हुन् । राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।