लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क प्रस्थान

काठमाडौं, ७ साउन । महिला फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन त्यसतर्फ प्रस्थान गरेका छन् । डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्री शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दुई रेफ्रीसँगै नेपाल क्रिकेट टिमबाट राजिनामा दिएका पुबुदु दासानायके समेत स्वदेश फर्किएका छन् । रेफ्री द्वय श्रेष्ठ र धिमालले घरेलु महिला प्रतियोगितासँगै एएफसी यु–१४, यु–१४ महिला साफ च्याम्पियनसिप, १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लगायत प्रतियोगितामा असिस्टेन रेफ्रीको भूमिका निर्वाह गरेका छन् ।

सन् सन् १९८२ बाट आयोजना सुरु भएको डाना कपमा ४५ देशका एक हजारभन्दा बढी टिम सहभागी हुने आयोजक टिमका मार्केटिङ म्यानेजर एलिसन लाइज फोरम्यानले जानकारी गराएका छन् ।

जुन प्रतियोगिता डेममार्कनै सवैभन्दा ठूलो स्पोर्टस् इभेन्ट हो । जसलाई विश्वकै सबैभन्दा ‘टप’ वरियताको युथ प्रतियोगिता मानिन्छ । युईएफएले मान्यता दिएको प्रतियोगितामा २० हजारभन्दा बढी सहभागी हुनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖