आठराई गाउँपालिकामा युवा लक्षित कार्यक्रम

प्रकाश पाक्साँवा/तेह्रथुम, २६ साउन । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले युवा लक्षित कार्यक्रमलाई अघि सारेको छ । रोजगारको खोजीमा भौतारि रहेका युवा तथा लगानी अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका युवालाई व्यवसायिक बनाउन युवा लक्षित कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७९-८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवालाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम गाउँपालिकाले ल्याएको हो । गाउँपालिकामा रहेको युवालाई लगानी नै गर्ने गरी कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।

गाउँपालिकामा रहेको युवाहरुलाई बिनाधितो बिना ब्याज व्यावसायिक लगानी गने नीति ल्याएको छ । ‍ अध्यक्ष पाहिमका अनुसार गाउँपालिकाले लगानी गरेको रकम लगानी भएको तीन वर्षमा ३० प्रतिशत, ४ चार वर्षमा ३० प्रतिशत र पाँचौं वर्षमा ४० प्रतिशतका दरले फिर्ता गर्नुपर्नेछ । ‘व्यावसायिक रूपमा फर्म दर्ता गरी १० जनाको समूह बनाएर गाउँपालिकामा माग गरेको खण्डमा प्रत्येक वडामा हरेक वर्ष एउटा समूहलाई १० लाख रुपैयाँ लगानी गर्छौं,’ उनले भने ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।