प्रत्यायन विधेयक बहुमतले पारित

काठमाडौँ, ३१ साउन । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गर्नुभएको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो ।

विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले विधेयकको उद्देश्य नै प्रत्यायनको माध्यमबाट समरुपता प्रमाणित गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउने तथा अन्तर्राष्ट्रिय व्यापारमा वस्तु र सेवाको पहँुच गराउनु रहेको बताउनुभयो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गरी आर्थिक विकासमा योगदान पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारीले अत्यावश्यक विधेयक सदनमा आएको बताउनुभयो । सांसद नवराज सिलवालले प्रत्यायन विधेयक ल्याएकामा सरकारलाई धन्वयाद दिनुभयो ।

उहाँले नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउन तथा निरीक्षण र प्रमाणीकरण गर्नका लागि आधिकारिकता प्रदान गर्ने भएकाले पनि उक्त विधेयक महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विधेयकमा नेपालको उत्पादन हो भनेर प्रमाणीकरण हुने भयो तर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सन्दर्भमा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

छलफलमा सांसद प्रेम सुवालले पनि भाग लिएर आफ्नो धारणा राख्नुभएको थियो । विधेयकमाथि उहाँले राख्नुभएको संशोधन प्रस्ताव वहुमतले अस्वीकृत भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक भदौ २ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।