मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ : मन्त्री कार्की

काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई÷शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल सम्भावना भएको मुलुक हो, यहाँ जलस्रोत, पर्यटन, कृषिमा प्रचुर सम्भावना छ, त्यसको भरपुर उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुुलुकका रुपमा विकास गर्दै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई स्वदेशमै रोजगार बनाउने हाम्रो योजना छ ।”

मन्त्री कार्कीले विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न नेपाली कांग्रेस पार्टीबाट नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “जनताको मन नजितीकन प्रतिनिधि हुन सकिँदैन, तपाइँहरुले निर्वाचनको समयमा जनतासामु गर्नुभएको वाचा पूरा गर्नुपर्छ, त्यसका लागि सीमित स्रोत÷साधनबीच योजना बनाएर प्राथमिकताका आधारमा काम गर्नुपर्ने हुन्छ, त्यसतर्फ ध्यान केन्द्रित गर्नुहो्स् ।”

मन्त्री कार्कीले सूचना, सञ्चार र प्रविधिको विकासले संसार गाउँमा परिणत भइसकेको उल्लेख गर्दै सञ्चार प्रविधिको अधिकतम प्रयोग गरेर मुलुकको समग्र विकास गर्नुपर्नेमा जोड दिनुभयो । फाउन्डेशनका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद रमेशजङ्ग रायमाझीले फाउन्डेशनले भट्टराईका नामबाट विराटनगरमा विद्यालय स्थापना गर्ने योजना तयार गरेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।