सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

उदयपुर, ३ भदौ । उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि समस्या भएको छ । चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य चोक बोक्से र गाईघाटमा जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि आपराधिक घटना ह्वात्तै बढेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विश्वकर्मा बताउनुहुन्छ । सबैभन्दा बढी मारमा गाईघाट बजार क्षेत्रका व्यापारी छन् ।

सिसी क्यामेरा जडानपछि एक–दुई वर्षसम्म रातिको समयमा गाईघाट बजार क्षेत्र सुरक्षित नै बन्न पुगेको त्रियुगा उद्योण वाणिज्य सङ्घका सदस्य कुमार घिमिरे बताउनुहुन्छ । सिसी क्यामेराबाट सबै कुरा देखिने हुनाले अपराधी पक्राउ गर्न प्रहरीलाई सहज भएको थियो । अहिले सिसी क्यामेरा बिग्रेकाले काम गर्न छाडेपछि बजार क्षेत्रका पसल चोरी हुने, कुटपिटलगायतका घटना बढेको वाणिज्य सङ्घका संस्थापक अध्यक्ष रत्न श्रेष्ठ बताउनुहुन्छ ।

बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा दुई वर्षदेखि बिग्रिएर मर्मत नभएपछि गाइघाट बजारमा पसल फुटाउने, चोरी हुने घटना दैनिकजसो हुने गरेको भए पनि प्रहरीले पनि पत्ता लगाउन नसकेको पसल सञ्चालक चन्दन साहले बताउनुभो । उहाँ भन्नुहुन्छ, “सिसी क्यामेरा जडान गरेको तीन वर्षसम्म साना घटनासमेत पत्ता लगाएर प्रहरीले कारबाही गर्ने गर्दथ्यो, अहिले रातमा आधा दर्जन पसल फुटाएर चोरले समान लैजाँदा पनि पक्राउ गर्न सकेको छैन । सिसी क्यामेरा मर्मत नहुँदा बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गइरहेको छ ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी र त्रियुगा नगरपालिकाको सक्रियतामा गाईघाट बजारको मुख्य चोक र बोक्से क्षेत्रका चोकमा सिसी क्यामेरा जडान गरी जिल्ला प्रहरीको कन्ट्रोल कक्षमा सिसी क्यामेरा कनेक्सन गरेपछि केही समयअघि यता आएर आपराधिक घटनामा कमी आएको हो । अहिले बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसी क्यामेरा मर्मत गर्नुपर्ने वा फेर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फँुयाल बताउनुहुन्छ ।

छ वर्षअघि जडान गरिएका सिसी क्यामेराका कारण केही वर्षसम्म गाईघाट बजार क्षेत्रमा खुला मापसे गरेर हिँड्ने, झगडा गर्ने, पाकेट मार्ने तथा रातिको समयमा बजार क्षेत्रका पसल फुटाएर चोरी हुनेजस्ता आपराधिक कार्यमा कमी आएको थियो । अहिले एक महिनामै पाँचपटकभन्दा बढी पसल फुटाउने र चोरी हुने, मापसे गरेर रातिको समयमा बजारमा हिँडडुल गर्ने र समूहगत झगडासमेत हुँदै आएको पाइएको छ ।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत पुराना क्यामेरा फेरेर नयाँ राख्न या मर्मत गरेर प्रयोगमा ल्याउन नगरपालिकाले बजेट व्यवस्थापन गर्ने बताउनुहुन्छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।