बाँकेमा केन्द्रविन्दु भएर ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

काठमाडौं, ४ भदौ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

दशैँ व्यापार प्रवद्र्धन मेला आइतबारदेखि
काठमाडौँ, ४ भदौ (रासस) ःस्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचाँै दशैँ जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ ।

स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचाँै व्यापार प्रवद्र्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो । मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उहाँको भनाइ छ ।

सो एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ । मेला १५ दिनसम्म चल्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖