झापामा कारको ठ,क्करबाट पैदलयात्रीको मृ,त्यु

झापा, ५ भदौ । झापाको दमक नगरपालिका–४ चियाबगानमा हिजो बेलुकी कारको ठ,क्करबाट एक जना पैदलयात्रीको मृ,त्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । कारको ठ,क्करबाट गम्भीर घा,इते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृ,त्यु भएको प्रहरीले जनाएको छ । मृ,तकको सनाखत हुन बाँकी रहेको छ ।
पैदल हिंडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठ,क्कर दिएको थियो । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नगर्न निर्देशन
काठमाडौँ, ५ भदौ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न÷नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति २०७९ मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका भइहेको छ । यसै सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न÷नगराउन ती निकायलाई आयोगले निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा त्यस्ता योजना तथा कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने र समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रत्यक्ष असर पार्न सक्ने देखिएकाले विपद् वा महामारीको पूर्वतयारी वा कुनै विपद्को अवस्था परी विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्ने वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सोको सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने विषयबाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न÷नगराउन हुन आग्रह गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।