कांग्रेस नेता गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हँुदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ ।

आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनुहुने छ । नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ ।

प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो । उहाँको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।