नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनौट प्रतियोगिताको लागि खेलकुद बोर्ड प्रदेश १ द्वारा झापाका खेलमैदानको निरिक्षण

प्रकाश बन्जारा,झापा । प्रदेश खेलकुद बिकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंसराज वाग्लेले प्राबिधिक टोलि सहित झापाका विभिन्न खेलमैदानको स्थिति अबलोकन तथा निरीक्षण गरेका छन ।

बोर्डका सदस्य शैलेस कुमार बिस्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद बिकास समितिकि निर्देसक उशा कर्ण र कार्यलय प्रमुख चन्डिका बास्तोलाको टोलिले झापा जिल्लाका विभिन्न खेलमैदानको अवस्था र आसन्न नबौ रास्ट्रीय खेलकुद छनौट प्रतियोगिता आयोजना गर्नसक्ने सम्भावना बारे अध्यन गर्न निरिक्षण गरेको हो ।

खेलकुद बिकास बोर्डको टोलिले झापाको चन्द्रगढिमा रहेको मेचि रंगशाला, सोहि रंगशाला सङ रहेको कभर्डहलको निरीक्षण गरेको छ । निरीक्षणकै क्रममा झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रसान्त भण्डारी, उपाध्यक्ष गंगा भुर्तेल, सचिवालयका दुर्गा निरौला, तथा सदस्य जगन कार्की सहित का पदाधिकारीले जिल्लाको खेलकुद गतिविधिका बारेमा बोर्डका पदाधिकारीलाइ जानकारी गराएका थिए भने झापा जिल्लामा आफुहरुले गराउन सक्ने खेलकुद प्रतियोगिताको बारेमा समेत ध्यानाकर्षण गराएका थिए ।

मेचि रंगशालाको कभर्डहलमा उसु, कबड्डि, साथै खो खो खेलको प्रदर्शनी गरी बोर्डको सदस्यहरुको टोलीलाई देखाइएको थियो ।

खेलाडीको उच्च सम्मान गर्दै प्रदेश खेलकुद बोर्डका सदस्य सचिब हंसराज वाग्लेले बोर्डले खेलाडीको हितमा काम गरिरहेको बताउदै प्रदेशको लागि मेडल ल्याउने खेलाडीलाइ राम्रो पुरस्कार सहित सम्मान गर्ने बताए ।
खेलकुद बिकाश बोर्डको टोलिले झापा जिल्लाको मेचिनगर नगरपालिकामा रहेको मेचि सामुदायिक भवनको समेत निरीक्षण गरेको छ ।

यसै गरि काकडभिट्टाको खेलमैदान मा क्रिकेट खेल को समेत निरीक्षण गरेको छ भने त्यहाँ कृकेट खेलिरहेका खेलाडीहरुलाइ समेत सदस्य सचिबले सम्बोधन गरेका छन । कृकेट खेलाडीलाइ सम्बोधन गर्दै सदस्य सचिब वाग्लेले कृकेटमा अग्रणी भुमिका खेलेको झापाले प्रदेशको लागि मेडल ल्याउने आश ब्याक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖