बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव

काठमाडौं, ७ भदौ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ ।

निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्न्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महंगी बढेको विरोधमा विप्लव समूहले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो ।

अझै कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितका समस्या समाधान भएन
काठमाडौँ, ७ भदौ (रासस) :वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न आयोगले मन्त्रालयमा बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै उहाँले विस्थापितको समस्याका विषयमा सरकारले गहनरूपमा अध्ययन गरी समस्या समाधनका लागि सबै निकायमा पहल गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुअब्जा नपाउँदा विस्थापितहरू लामो समयदेखि पीडित बनेका छन्, पीडितका समस्या समाधानका लागि पहल गर्ने छु ।”

यसैगरी मन्त्री यादवले कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको हकमा आवश्यक जानकारी लिन मन्त्रालय मातहतका निकायलाई निर्देशनसमेत दिनुभएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न आयोगका अध्यक्ष राजकुमार राईले आयोग गठन भएपछि हालसम्मका काम कारवाहीका विषयमा एक प्रारम्भिक प्रतिवेदन तयार गरी मन्त्री यादवलाई बुझाउनुभएको थियो । उक्त प्रारम्भिक प्रतिवेदनमा टिओआरमा उल्लेख भएअनुरुपका र जग्गा मुअब्जा नपाएका आरक्ष विस्थापितको हकमा घरबासका निमित्त जग्गा व्यवस्थापन हुनुपर्ने, अन्यको हकमा सम्पूर्ण अध्ययन अनुसन्धान गरी उचित व्यवस्थापन हुनुपर्ने उल्लेख छ ।

विसं २०३३ मा कोसीटप्पु वन्यजन्तु आरक्षको विस्तार गर्ने क्रममा सरकारले सुनसरी र सप्तरीमा करिब चार हजारभन्दा बढी बिघा जग्गा गरेको थियो । जग्गा अधिग्रहणका बखत जग्गाको सट्टामा जग्गा दिने सहमति गरिएको भए पनि त्यहाँका विस्थापितले अहिलेसम्म जग्गा नपाएको गुनासो छ । कतिपयलाई सरकारले जग्गाधनी प्रमार्ण पुर्जा दिई मालपोतको तिरो तिर्दै आए पनि उक्त जग्गा पीडितले भोगचलन गर्न नपाएको र गैरविस्थापितले कब्जा गरेको आयोगका विज्ञ सल्लाहकार श्याम लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार आरक्ष पीडितका समस्या समाधानका लागि हालसम्म २१ आयोग गठन भए पनि हालसम्म समस्या समाधान हुन नसकेको पीडितको गुनासो छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।