ड्रागनफ्रुटबाट वार्षिक एक करोड आम्दानी

गोपाल काफले/पथरी, १४ भदौ (रासस): गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई । बन्दाबन्दीको असरले निमार्ण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लाग्नुभएका उहाँलाई यतिबेला भ्याइ–नभ्याइ छ । राईले दुई वर्षअघि ठूलो चुनैती मोलेर रु एक करोडको लगानीमा फार्म सञ्चालनमा गर्नुभएको थियो । विसं २०७७ मा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गर्नुभएका उहाँले एक वर्षमै बिरुवा बेचेर लगानीसमेत उठाइसक्नुभएको छ ।

तीन महिनासम्म १५–२० कामदार लगाएर रोपेको तीन हजार दुई सय पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ । राईको फार्ममा सायमा रेड सी प्रजाति ९रातो फल०को ड्रागनफ्रुट लटरम्मै फलेको छ । दुई वर्ष अगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उहाँले सोच्नुभएकै थिएन ।राईले आफ्नै तीन बिघा क्षेत्रफलमा रु एक करोडभन्दा बढीको लगानी गर्नुभएको थियो । उक्त ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो । एक पोलबाट वार्षिक एक सय ५० केजी फल फल्ने राईको भनाइ थियो ।

स्वादिलो तथा पोषिलो यो फलको यतिबेला बजारममा राम्रै माग छ । वार्षिक ठूलो सङ्ख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ । राईले यो याममा मात्र ११ हजार केजी फल र २८ हजार बिरुवा बेच्नु भएको छ। बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी रु सात सय ५० पर्छ भने बिरुवाको रु दुई सय ५० पर्ने गरेको छ ।दैनिक छ कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त राईले एकै याममा १५–१६ पटक फल दिने गरेकोे र अझै पाँच हजार केजी फल बेच्ने आशा लिएको बताउनुभयो ।

किसानले यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गर्दै आएका छन् । एकपटक लगानी गर्दा कम्तीमा २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ । ड्रागनफ्रुटसँगै भित्रभित्र बुटेखेती गर्न सकिने भएकाले नगदे बालीले समेत स्थान पाएको छ । सानो क्षेत्रफलमा थोरै लगानीबाट पनि यो व्यावसायिक खेती गर्न सकिने भएकाले सहरबजारका मानिसले समेत कौशी र करेसाबारीमा यो फल रोप्दै आएका छन् । कृषकको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि हुने देखिएको छ । सरकारले ड्रागनफ्रुट खेतीमा युवालाई आकर्षण गर्न सके आफ्नै देशमा व्यवसाय र रोजगार बढ्ने तथा युवा विदेशिनुपर्ने समस्या घट्ने देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।