सुनसरीको इटहरीमा पिकअपको ठ,क्करबाट एक जनाको मृ,त्यु, एक घा,इते
इनरुवा, १८ भदौ । सुनसरीको इटहरी–२ मा पिकअपको ठ,क्करबाट गए राति एक मोटरसाइकल चालकको मृ,त्यु भएको छ भने अर्का एक घा,इते भएका छन् । मृ,त्यु हुनेमा मोटरसाइकल चालक इटहरी–२ का २८ वर्षीय लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।इटहरी–२ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश१–०२–००२च ४६६२ नंको पिकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को१६प ५७२० नंको मोटरसाइकललाई ठक्कर दिँदा लोमसको मृ,त्यु भएको हो ।
सोही दु,र्घटनामा मोटरसाइकलमा सवार इटहरी–५ का २९ वर्षीय सरोज गुरागाईँ सख्त घाइते भएको प्रहरीले जनाइएको छ । घा,इते गुरागाईँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी तीव्रगतिमा रहेका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै सवारीसाधन इटहरी प्रहरीको नियन्त्रणमा रहेको र फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अर्थतन्त्र लयमा – अर्थमन्त्री शर्मा
काठमाडौँ, १८ भदौ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताउनुभयो ।
मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताउनुभयो । उहाँले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताउनुभ्यो । कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो ।


