काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे

काठमाडौं, १९ भदौ । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् ।

११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानसेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी लिने पनि कार्यक्रम छ । नेपाल र भारत दुवै मुलुकले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिँदै आएका छन् ।

नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।