गच्छदारको नाम सर्वसम्मतरूपमा कांग्रेस उम्मेदवारमा सिफारिश

आगामी मंसिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिश भएका छन् ।
सोही क्षेत्रबाट उनी ६ पटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् । गच्छदारले हाल ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

यस्तै सुनसरी क्षेत्र – ३ बाट समानुपातिकतर्फ हरिप्रसाद सापकोटा, सप्पनकुमार दास, कपलेश्वर यादव, कल्पना चौधरी, समित्रा थरुनी, सीता भुसाल, सरिताकुमारी यादव र हेमलता चौधरीको नाम सिफारिश भएको छ ।

यस्तै सुनसरी क्षेत्र नं ३ (क) बाट प्रत्यक्षमा ओम थापा, महेश बाँस्तोला, जितेन्द्र केसी, दीपक ढकाल, रोहित प्रसाईँ, रामरोहन चौधरीको नाम सिफारिस भएको छ भने समानुपातिकमा गोपालराज भण्डारी, हाजी महम्द अबदुल मियाँ, विष्णुबहादुर डाँगी, सुरज दास (थारू), रामहृदय रामात राजु, सुवोध घिमिरे, प्रकाश चौधरी, ईश्वर तामाङ, देवेन्द्र चौधरी, अंयुब हुसैन, कल्पना कार्की, दिलमाया डाँगी, सुनितन गच्छतार, पन्छी बाइबार, बिमला प्रधान, रेखा कौर प्रसाईँ, उर्मिलादेवी चौधरी, लक्ष्मीकुमारी ठाकुर, कौहिलाकुमारी सुनुवार, रामपरी चौधरी, ममता चौधरी, रमला तामाङ, लक्ष्मी भट्टराई र राधा तामाङको नाम सिफारिश भएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए ।

त्यसैगरी सोही क्षेत्रको नम्वर ३(ख) मा प्रत्यक्षमा कदमलाल चौधरी, वीरेन्द्रकुमार साह, गणेश कुमार राय, प्रदीप कुमार चौधरी, गौरीशंकर रौनियनर, रामचन्द्र राय, तालुराम माझी, रेशमलाल चौधरी, बिन्देश्वर यादव, प्रेमबहादुर गौतम, शिवप्रसाद दंगाल, वीरनारायण चौधरी, मरिचमान चौधरी, शमशेर चौधरी, अर्सपी यादवको नाम सिफारिस भएको छ भने समानुपातिकमा रघुनन्दन चौधरी, उमारजन थापा, ब्रह्मप्रकाश रौनियनर, गिरधारीप्रसाद साह (हलुवाई), दीपक राय, रामदेव यादव, शुभकलाल राय, वासुदेव राम, ताराचन्द चौधरी, रामकुमार थापा, अख्तरराइम हुसैन, सूर्यनारायण पासवान, सुरवीर उपाध्याय, सुनिता दाहाल साह, कृष्णाकुमारी विक, इमा मिश्रा आचार्य, कौशिला चौधरीलाई सिफारिश गरिएको कांग्रेसले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖