रक्तदान गरी मनाउनुभयो अध्यक्ष लिङ्देनले जन्मोत्सव

काठमाडौँ, २२ भदौ । जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाउनुभएको छ । उहाँ नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा जानु भई रक्तदान गर्नुभएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । रक्तदानपछि अध्यक्ष लिङ्देनले भन्नुभयो, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने व्यक्तिलाई निको भइरहेको छ, मलाई पनि फाइदा भएको छ ।”

केन्द्रका निर्देशक पौडेलले भन्नुभयो, “रक्तदानका बारेमा जनचेतना जगाउन आवश्यक छ । हरेक राजनीतिक दलका नेता र सामाजिक क्षेत्रका अगुवाले आफ्नो जन्मोत्सवमा रक्तदान गरेमा समुदायलाई रक्तदान गर्न उत्प्रेरणामा सहयोग मिल्ने छ ।”

सडक क्षेत्रका संरचना हटाउन निर्देशन
कर्णाली, २२ भदौ । वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मुख्य बजार क्षेत्रमा अवस्थित उक्त सडकको स्तरोन्नति भइरहेकाले विद्युत्, टेलिकमका पोल–तारलगायत निजी क्षेत्रबाट बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारीले पूर्वाधार निर्माणसँग सम्बन्धित निकाय र अन्य सरोकारवालासँग गरिएको बैठकको निर्णयका आधारमा सडक क्षेत्राधिकारभित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी÷अस्थायी संरचनाहरू सात दिनभित्र खाली गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

नगरपालिकाले यदि तोकिएको अवधिमा त्यस्ता संरचना हटाउन अटेरी गर्ने सरोकारवाला निकाय तथा घर–जग्गाधनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । सडक क्षेत्रमा बनाइएका संरचना खाली नगर्दा सडक स्तरोन्नति कार्य प्रभावित भएपछि नगरपालिकाले सातदिने अल्टिमेटम दिएको हो । रु १२ करोड लागतमा चार लेनको सडक बनाइँदैछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।