झापामा पाँच वर्षीया बालिका ब,लात्कृत
झापा, २३ भदौ । झापामा एक जना ५ वर्षीया बालिका ब,लात्कृत भएकी छन् ।
ती बालिकालाई ब,लात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार प,क्राउ गरेको छ । भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई ब,लात्कार गरेको प्रहरीले जनाएको छ । ब,लात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट ख,टिएको प्रहरीले उनलाई प,क्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
बाख्रा अनुसन्धान केन्द्र -बोयर जातको बोकाको माग उच्च
दमौली, २३ भदौ । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी पाठापाठी उत्पादन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा अनुसन्धान केन्द्रले विभिन्न बाख्राका जातका तीन सय पाठापाठी उत्पादन गर्ने लक्ष्य राखेकोे थियो । उक्त अवधिमा लक्ष्यभन्दा ६० बढी पाठापाठी उत्पादन भएको केन्द्रका प्रमुख राजु कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ ।
सो अवधिमा खरीका २५ पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा ३४, सिन्हालका तीन, बारबारीका दश पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा नौ, शुद्ध बोरका ८० पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा एक सय, बोर क्रसका एक सय ५० पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा एक सय ५५, शुद्ध साननका १२ पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा २५ र सानन क्रसका १३ पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा ३४ पाठापाठी उत्पादन भएको छ ।
अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च रहेको छ । बोयर जातको बोकाको नेपालमा बढी रुचाइएको कारण यसमा माग बढेको बताइन्छ । “स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ,” उहाँले भन्नुभयो ।


