पाँच हजार मिटरको दौडमा भोजपुरकी छेन्विमाया र धनकुटाका गोकुल यांकिलालाई गोल्ड मेडल
इटहरी । पाँच हजार मिटरको दौडमा महिला तर्फ भोजपुरकी छेन्विमाया राईले गोल्ड मेडल पाएकी छन् ।
५ हजार मिटरको दौड २१.१५.८५ मिनेटमा पार गर्दै छेन्विमाया प्रथम बनेकी हुन भने उनलाई पछ्याउँदै संखुवासभाकी निला जिमिले रजत पदक र ताप्लेजुगकी समपाल्मा शेर्पाले कास्य पदक जितिन । नीलाले २१.२८.८० मिनेटमा पार गरेको दुरी शेर्पाले २१.५३.३४ मिनेटमा पार गरेकी थिइन । यसैगरी ५ हजार मिटर तर्फको दौडमा भोजपुरकी जुलिन राईले चौथो स्थान प्राप्त गर्न सफल भइन ।
५ हजार मिटर पुरुष तर्फको छनौट प्रतियोगितामा धनकुटाका गोकुल यांकिलाले स्वर्ण पदक पाए भने सुनसरीका प्रशान्त तामागंले रजत र पाँचथरका ओसन राईले कास्य जित्न सफल भए । याँंकिलाले १७.८.२८ मिनेटमा पार गरेको दुरी तामाङ्गले १७.१२.४३ मिनेटमा पार गरेका थिए भने राईले १७.१५.२८ मिनेटमा पार गरेका थिए । नवौँ राष्ट्रिय खृलकुदको छनौट प्रतियोगिताको लागि सुनसरीको इटहरीमा भइरहेको एथलेटिक्सको छनौट खेलको फाइनल भोली शनिवार इटहरी रंगशालामा हुने छनौट समितिले जानकारी दिएको छ ।
भलिबलमा झापा, ओखल्ढुगा, सोलु र संखुवासभा सेमिफाइनलमा
इटहरी । प्रदेश एक भरीका १४ वटै जिल्ला बिच भएको पुरुष भलिवल प्रतियोगितामा झापा, ओखल्ढुगा, सोलुखुम्बु र संखुवासभा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको खेलमा उदयपुरलाई सोझो सेटमा हराउँदै झापा सेमिफाइनलमा पुगेको हो । उदयपुरका खेलाडीले पहिलो सेटमा ११ र दोस्रो सेटमा २१ अंकमात्रै ल्याउन सफल भए भने ओखल्ढुंगा र खोटागँ बिच भएको खेलमा ओखल्ढुगाले खोटागलाई सोझो सेटमै जित हासिल गरेको थियो ।
खोटाग पहिलो सेटमा १६ र दोस्रो सेटमा ११ अंकमा सिमित हुँदा ओखल्ढुंगालाई जित निकाल्न गाह्रो भएन । यता शुक्रबारै भएको भोजपुर र सोलुखुम्बु को बिचको खेलमा सोलुले जित हासिल गर्यो भने अर्को खेलमा तेह्रथुम र संखुवासभा बिच भएको खेलमा तेह्रथुममा पछि पार्दै संखुवासभा पनि पुरुष भलिवलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नवौँ राष्टिय खेलकुद प्रतियोगिताको छनौट अन्तर्गत भएको प्रतिस्र्धामा शनिवार बिहानैबाट सेमिफाइनल खेल सन्चालन हुने र फाइनल पनि शनिवारै हुने छनोट समितिले जानकारी दिएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भरोत्तोलनको प्रदेश एक टिममा मोरङ्गको बर्चश्व
इटहरी । आगामी असोज २८ गते देखि कार्तिक महिनाको ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकको छनौटमा मोरङ्गको बाहुल्यता देखिएको छ ।
बिहिबार देखि मोरङ्गको विराटनगरमा शुरु भएको भरोत्तोलन छनौट प्रतियोगिताबाट मोरङ्गका ६ जना खेलाडी प्रदेश एकको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश जाने पक्का भएको छ । शुक्रबार भएको छनौट खेलमा ५९ केजी महिला तर्फ झापाकी सोनी देवी दासले स्वर्ण जितेकि छन् भने खोटागंकी बिजुली थापाले रजत जितेकी छन् । यस्तै ६२ केजि तौल समुहको महिलामा इलामकी सुस्मा राईले स्वर्ण पदक जितेकी छन् भने उदयपुरकी सन्ध्या राईले रजत पदक जितेकी छन् । यस्तै ८१ केजी तौल समुह तर्फ मोरगंकी सृष्टि भलले स्वर्ण जितेकी छन् । यता पुरुष तर्फ झापाका अमिलाल राजवंशीले स्वर्ण पदक जितेका छन् भने मोरगंकै अर्जुन राजवंशीले ९६ केजी तौम समुहबाट स्वर्ण जितेका छन् ।
प्रदेश नम्बर एकको प्रतिनिधित्व गर्दै पुरुष तर्फ उदयपुरका रामकुमार यादव, मोरङ्गका अजित राजवंशी, उदयपुरकै रिवेश अधिकारी, मोरङ्गका पियुष राजवंशी, मोरङ्गका कपलेश्वर राजवंशी, झापाका अभिलाल राजवंशी , मोरङ्गका अर्र्जुन राजवंशी, मोरङ्गकै अजय राजवंशी , इलामका पुस्कर राई र झापाका प्रविष्ट राज लवड छनौट भएका छन् भने महिला तर्फ खोटागंकी ज्योती थापा, झापाकी राधा भुजेल, झापाकै करिना चौधरी, झापाकै सोनीदेवी दास, इलामकी सुस्मा राई, मोरङ्गकी सृष्टि मल्ल, खोटागंकी बिजुली थापा, उदयपुरकी सन्ध्या राई, उदयपुरकै पार्वती राई र इलामकी सलिना तामाङ्ग छनौटमा परेको छनौट समितिका सदस्य चिनिकाजीले जानकारी दिएका छन् ।
छनौट भएका तथा पदक प्राप्त गरेका खेलाडीलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
आईटिएफ तेक्वान्दोको प्रदेश एक छनौट सकियो, यी हुन स्वर्ण, रजत र कास्य पदक पाउने खेलाडी
इटहरी । प्रदेश एक खेलकुद विकास बोर्डले आईटिएफ तेक्वान्दो तर्फको प्रदेश एक छनौट प्रतियोगिता शुक्रबार सुनसरीको इटहरीमा सम्पन्न गरेको छ ।
बुधबारबाट शुरु भएको आईटिएफ तेक्वान्दोको छनौट खेल तेस्रो दिन शुक्रबार सम्पन्न भएको हो । छनौट खेलबाट महिला एकल स्पाइरिग तर्फ ६५ केजी तौल समुहमा झापाकी पार्वती राजवंशीले स्वर्ण पदक जितेकी छन् भने सुनसरीकी रोमिला खड्काले रजत र मोरगकी सरला राईले कास्य पदक जितेकी छन् ।
त्यसैगरी महिला एकल स्पाइरिगंतर्फ नै ६० देखि ६४ केजी तौल समुहमा पाँचथरकी अनिषा सेलिगँले स्वर्ण पदक पाएकी छन् भने मोरगकी केरीसा आचार्यले रजत र सुनसरीका कतिका राई र इलामकी निसा ताजपुरीयाले कास्य पदक जितेका छन् । यता महिला स्पाइरिगं तफैकै ५५ केजि देखि ५९ केजि तौल समुह तर्फ भोजपुरकी सजिना तामागंले स्वर्ण पदक जित्न सफल भएकी छन् यस्तै झापाकी मेरिना राईले रजत र मोरगंकी बविता श्रेष्ठ र पाँचथरकी एलिसा सेलिगंले कास्य पदक हात पारेका छन् ।
सोहि विद्याको ५० देखि ५४ केजि तौल समुहमा मोरगंकी कुशुम राजवंशीले स्वर्ण पदक जितेका छन् भने पाँचथरकी बिनिता राईले रजत र सुनसरीकी एलिजा राई र भोजपुरकी कृतीका राईले कास्य पदक पाएका छन् । यता ४५ केजि देखि ४९ केजी तौल समुहमा मोरगंकी इन्दिरा थापाले स्वर्ण पाँचथरकी सवीना सेलीगले रजत र सुनसरीकी करुणा विष्ट र भोजपुरकी समोला राईले कास्य पदक जितेका छन् ।
यता पुरुष प्याटन तर्फ तेस्रो डानमा सुनसरीका अर्जुन चौधरीले स्वर्ण जितेका छन् । यसैगरी पुरुष स्पाइरिग तर्फ ४५ देखि ४९ केजि तौल समुहमा पाँचथरका आलोक राईले स्वर्ण, भोजपुरका सुरज विकले रजत, सुनसरीका इशान राई र झापाका आइतराज लिम्बुले कास्य पदक पाएका छन् । यस्तै गरी ५० देखि ५४ केजि तौल समुह तर्फ झापाका मिसन श्रेष्ठले स्वर्ण जितेका छन् भने भोजपुरका कृष्ण रसाइलीले रजत र कास्यतर्फ मोरगंका प्रविण बस्नेत र पाँचथरका मिसन सेलिगं रहेका छन् ।
पुरुष स्पाइरिगको ५५ देखि ५९ केजि तौल समुहको खेलमा मोरगंका प्रथम कार्कीले स्वर्ण, सुनसरीका सुरज चौधरीले रजत र कास्यमा झापाका बिक्रम श्रेष्ठ र पाँचथरका शिसिर सेलिगँले कास्य पदक पाएका छन् । यता ६० देखी ६४ केजि तौल समुहमा मोरगका नितेश खवासले स्वर्ण पदक पाएका थिए भने सुनसरीका उदयबिक्रम राईले रजत र कास्य तर्फ पाँचथरका अस्विन सेलिग र झापाका मनिस श्रेष्ठले रहेका छन् । बिजयी खेलाडीलाई आईटिएफ तेक्वान्दो छनौट तर्फका संयोजक डेभिड विष्ट लगायतले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । खेलमा छनौट भएका खेलाडीको नाम प्रदेश खेलकुद बोर्डलाई हस्तान्तरण गर्ने छनौट समितिका निर्णायक प्रविण कार्कीले बताए ।


