प्रदेश एक भरीकै साइक्लिङ्गको वृहत प्रतियोगिता सम्पन्न, डाउन हिलतर्फ महिला पुरुष दुवैतर्फ सुनसरी प्रथम
इटहरी । असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय छनौट प्रतियोगितामा डाउल हिलतर्फ महिला पुरुष दुवैमा सुनसरी प्रथम भएको छ ।
प्रदेश खेलकुद बोर्डले प्रदेश एकभरीकै साइक्लिङ्गमा जिल्ला छनौट बाट आएका खेलाडीहरुको धरान १४ विजयपुरस्थित पञ्चकन्या जङ्गलमा छनौट प्रतियोगिता भएको आयोजना गरेको हो । प्रतियोगितालाई सुनसरी साइक्लिङ्ग संघले व्यवस्थापन गरेको थियो ।
प्रतियोगितामा सुनसरीसँगै मोरङ, झापा, इलाम, ओखलढुङ्गालगायत जिल्लाबाट करिब ४ दर्जन महिला तथा पुरुष खेलाडीहरु सहभागी भएको सुनसरी साक्लिङका लागि संयोजक तथा प्रदेश खेलकुद विकास बोर्डकी सदस्य रोशनी राईले जानकारी दिइन ।
छनौट प्रतियोगिता डाउनहिल र क्रस कन्ट्री विधाको भएको थियो । डाउन हिलमा पुरुषतर्फ सुनसरीका दिपक जिमी प्रथम, सौगात मगर दोस्रो, समृद्ध लिम्बु तेस्रो र उदयपुरका अवतार राई चौथो हुदै छनौट भएका छन् । महिलातर्फ सुनसरीकी आशा लिम्बू, इन्द्रकला लिम्बु निक्की र इलामकी तेसिका राई क्रमशः प्रथम, दोस्रो र तेस्रो हुदै छनौट भएकी छिन् ।
यसैगरि, क्रस कन्ट्री विधाको पुरुषमा सुनसरीका किरण लिम्बू प्रथम, उदयपुरका निमा शेर्पा दोस्रो, ओखलढुंगाका विश्वास राई तेस्रो र उदयपुरका अवतार राई चौथो भएका छन् । महिलातर्फ क्रसकन्ट्रीमा इन्द्रकला लिम्बु (निक्की) प्रथम भइन् भने आशा लिम्बु दोस्रो भइन्
।
प्रदेश एक स्तरिय टेवल टेनिसमा महिला तर्फ सुनसरीको बर्चश्व, पुरुषमा मोरङ्ग
इटहरी । भदौँ २९ गतेबाट सुनसरीको इटहरी स्थित टिटि कभर्डहलमा भएको प्रदेश एक स्तरिय टेवल टेनिस प्रतियोगितामा सुनसरीले आफ्नो बर्चश्व देखाएको छ ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुष सिंगल तर्फ मोरङ्गका बोधित डिसिले स्वर्ण पदक पाएका छन् भने सुनसरीका सिदार्थ तामाङ्गले रजत पदक र सुनसरीका अनमोल केसी र मोरङ्गका रोशन श्रेष्ठले कास्य पदक जितेका छन् ।
यस्तै महिला एकल प्रतियोगितामा पाँचै जना खेलाडी सुनसरी जिल्लाका छन् । बुधबार देखि भएको खेलमा महिला तर्फ सुनसरीकी अन्जली ठाकुरले स्वर्ण, दिक्षा दाहालले रजत र सोनम ठाकुरले कास्य जितेका छन् । यसैगरी रुपा लिम्बु चौथो र सुलेखा ठाकुर पाँचौ बनेका छन् ।
बिभिन्न पदक पाएर प्रदेश बाट छनौट भएका खेलाडीहरुलाई शुक्रबारै एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेश कुमार विष्टले मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् । विजेता खेलाडीहरुको नाम लिष्ट प्रदेश खेलकुद बोर्डमा पठाइने र नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणको आयोजना हुने इटहरी टेवल टेनिस एकेडेमीका प्रिसिडेन्ट राजेश भट्टराईले जानकारी दिए ।


