नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट

इटहरी, १ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् ।

प्रदेश १ बाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि टेवलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रुपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठाकुर र सुलेखा ठाकुरा छनौट भएको प्रशिक्षक गीता मगरले जानकारी दिइन् । यस्तै टेवलटेनिस पुरुषतर्फ अनमोल विक, सिद्धार्थ तामाङ, वोधित डिसी, विवेक बानियाँ र रोशन श्रेष्ठ नवौँ राष्ट्रियका लागि छनौट भएका छन् ।

दौडमा भोजपुर र धनकुटालाई स्वर्ण

पाँच किलोमिटर दौडमा महिलातर्फ भोजपुरकी छेन्विमाया राईले स्वर्ण पदक जितेकी छिन् । यस्तै पाँच किलोमिटर दौड पुरुषतर्फ भने धनकुटाका गोकुल याकिलाले स्वर्ण पदक प्राप्त गरेका छन् ।

पाँच किलोमिटर दौड महिलातर्फ सङ्खुवासभाकी निला जिमीले रजत तथा ताप्लेजुङकी समपाल्मा शेर्पाले कास्य पदक पदक प्राप्त गरेकी छिन् । यस्तै पाँच किलोमिटर दौड पुरुषतर्फ सुनसरीका प्रशान्त तामाङले रजत तथा पाँचथरका ओसन राईले कास्य पदक प्राप्त गरेका छन् । नवौँ राष्ट्रिय खेलकुदको छनोट प्रतियोगिताका लागि सुनसरीको इटहरीमा भइरहेको एथलेटिक्सतर्फ आज फाइनल खेल हुँदै छ ।

भारोत्तोलनमा मोरङको वर्चस्व

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ मा छनौट प्रतियोगिता भइरहेको छ । बिहीबारदेखि मोरङको विराटनगरमा सुरु भएको भरोत्तोलनमा मोरङका ६ खेलाडीले स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा ५९ किलो तौल समूहमा महिलातर्फ झापाकी सोनीदेवी दासले स्वर्ण जितेकी छिन् भने खोटाङकी बिजुली थापाले रजत प्राप्त गरेकी छिन् । यस्तै ६२ किलोतर्फ इलामकी सुस्मा राईले स्वर्ण र उदयपुरकी सन्ध्या राईले रजत प्राप्त गरेकी छिन् । यस्तै ८१ किलो तौल समूहमा मोरङकी सृष्टि भलले स्वर्ण जितेकी छिन् । यता पुरुषतर्फ झापाका अमिलाल राजवंशीले स्वर्ण पदक जितेका छन् भने मोरङकै अर्जुन राजवंशीले ९६ किलो तौल समूहमा स्वर्ण जितेका छन् । विजयी खेलाडीलाई प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्लेले पदक तथा प्रमाणपत्र प्रदान गरेका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।