समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुम्यो

खोटाङ । खोटाङको दिक्तेलमा सञ्चालन गरिएको समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुमेको छ । प्रथम र दोश्रो स्थानका लागि शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिकालाई पछि पार्दै बाम्राङ युवा क्लवले उपाधि चुमेको हो । बाम्राङ युवा क्लवले २ गोल गर्दा साकेलाले १ गोल मात्र फर्काएको थियो ।

समता फुटबल क्लवको आयोजनामा भएको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने बाम्राङ युवा क्लवले नगद ५१ हजार १११ र दोश्रो स्थान प्राप्त गर्ने साकेला गाउँपालिकाले २७ हजार ७७७ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । विजेता र उपविजेता टिमलाई जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, जिल्ला खेदकुद विकास समितिका पुर्वअध्यक्ष महेश राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

जिल्लाका १७ टिमको सहभागीता रहेको प्रतियोगीतामा हलेसी फुटबल क्लवले तेश्रो स्थान प्राप्त गरेको छ । हलेसी फुटबल क्लवले शुक्रबार युवा जागरण क्लवलाई पछि पार्दै तेश्रो स्थान पक्का गरेको थियो । तेश्रो स्थान प्राप्त टिमलाई नगद १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए ।

प्रतियोगीतामा साकेला गाउँपालिकाका रामसुर राईले बेष्ट डिफेन्डर, बाम्राङ युवा क्लवका हरि खवासले हाइ स्कोरर, बाम्राङकै सुजन खवासले बेष्ट मिडफिल्डर, बाम्राङकै सुजन खड्काले बेष्ट गोलकिपर, साकेला गाउँपालिकाका प्रशान्त राईले बेष्ट फरवार्ड र साकेलाका जोर्डन राईले प्लेयर अफ टुर्नामेन्टको उपाधि जितेका छन् । प्रतियोगीता गत शनिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।