निवासबाटै चोलेन्द्र शमशेर जबरालाई निस्किन रोक

काठमाडौं, २ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छ । आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट रोक्न रोक लगाइएको हो ।

जबरा सर्वाेच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए ।

जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

महाभियोगबारे प्रतिनिधिय सभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिथवेददन बुझाएको थियो ।

राष्ट्रपतिबाट जितिया पर्वको शुभकामना
काठमाडौँ, २ असोज (रासस) :राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी सन्देशमा जनाइएको छ ।

उहाँले भन्नुभएको छ, “एकातिर हामीले हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्नु आवश्यक छ भने अर्कोतिर प्रथा र परम्पराको नाममा समाजमा विद्यमान महिलाद्वेषी विभेदजन्य अभ्यासहरूलाई भने समयसापेक्ष सुधार गर्दै जानु पनि जरूरी छ ।”

उहाँले विधि र प्रक्रियापूर्वक इमान्दारीका साथ गरिने कार्यबाट मात्र सार्थक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने सन्देश बोकेको जितिया पर्वले हाम्रो व्यक्तिगत जीवन र राष्ट्रको जीवनमा समेत सकारात्मक परिवर्तन ल्याउनका लागि इमान्दारितापूर्वक काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, प्रगति एवं पारिवारिक सुख, शान्तिका लागि लोकदेवता जिमुतवाहनको आराधना गर्दै उत्साहका साथ मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारू तथा मधेसी महिला कठोर व्रत बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्माशुद्धी गर्दै विभिन्न परिकार खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।