ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

काठमाडौँ, ९ असोज । अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके फुटबल क्लब भर्सेस कोलम्बस स्टार सेमिफाइनलमा पुगेको छ । त्यसैगरी भेट्रानतर्फ(३५ वर्षमाथिका पुरुष समूह)को खेलमा कोलम्बस इन्ट्रा भेट्रान्स क्लब र इन्ट्रा फुटबल क्लब सिनसिनाटी फाइनलमा पुगेको छ ।

प्रतियोगिता आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका संयोजक राम थापाका अनुसार महिलातर्फ कोलम्बस स्टार फुटबल क्लब र एनडी साइनिङ स्टार फाइनलमा प्रवेश गरेको छ । लिग र नकआउटका माध्यमबाट यसअघि महिलातर्फ सिन्सी रेबल्स फुटबल क्लब भर्सेस कोलम्बस स्टार, वारियर फुटबल क्लब भर्सेस एनडी साइनिङ स्टारबीच प्रतिस्पर्धा भएको थियो ।

युवा, भेट्रान पुरुष र महिलातर्फका सबै फाइनल खेल अमेरिकी समयअनुसार आइतबार हुनेछन् । यसअघि युवातर्फ युनिक ब्वाइज भर्सेस रोयल एफसी, मिसिगन एफसी भर्सेस एफसी युनाइटेड, टिमाई स्क्वाड भर्सेस केन्टकी एफी, कोलम्बस स्टार भर्सेस आइएन क्रिष्ट युनाइटेड, साङ्ग्रिला युथ भर्सेस इन्ट्रा फुटबल क्लब र भर्मन्ट भर्सेस हङ्ग्री एफसीबीच प्रतिस्पर्धा भएको थियो ।

यसैगरी भेट्रान्सतर्फ एक्रोन भेट्रान्स क्लब भर्सेस कोलम्बस भेट्रान्स क्लब, सिन्सिनाटी इन्ट्रा भेट्रान्स भर्सेस हिल सिटी भेट्रान्स, ह्यारिसवर्ग भेट्रान्स क्लब भर्सेस सिन्सिनाटी याले भेट्रान्स, मिनिसोटा भेट्रान्स भर्सेस ह्यारिस्बर्ग भेट्रान्सबीच प्रतिस्पर्धा भएको थियो ।

फाउण्डेशनका प्रवक्ता केशव आचार्यका अनुसार युवा टिमका विजेतका लागि सर्वाधिक १५ हजार अमेरिकी डलर (करिब रु १९ लाख ४० हजार नेपाली) पुरस्कार राखिएको छ । त्यसैगरी उपविजेतालाई आठ हजार अमेरिकी डलर पुरस्कार राखिएको छ । महिलातर्फ प्रथम हुनेले सात हजार पाँच सय र दोस्रो हुनेलाई पाँच हजार अमेरिकी डलर तथा भेट्रानतर्फ प्रथम हुनेलाई आठ हजार, दोस्रो हुनेलाई छ हजार र तेस्रो हुनेलाई दुई हजार पाँच सय अमेरिकी डलर पुरस्कार राखिएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।