नगरका करार कर्मचारीको अवधि पुस मसान्तसम्म थप

खोटाङ, १२ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करारमा कार्यरत कर्मचारीको करार अवधि पुन: थप गरेको छ । गत ४ साउनमा बसेको नगर कार्यपालिका बैठकबाट चालु आर्थिक वर्षको दुई महिना मात्र करारका कर्मचारीको अवधि थप गर्ने निर्णय गरेको नगरपालिकाले आसन्न निर्वाचनलाई लक्षित गर्दै आगामी पुस मसान्तसम्मका लागि करार अवधि लम्ब्याउने निर्णय गरेको हो ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई कारण देखाउँदै कार्यपालिका बैठकबाट पुन: चार महिना करार अवधि थप गर्ने निर्णय गरिएको नगर प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

१५ वडा रहेको नगरपालिकाले गत १ असारदेखि लागु हुने गरी करारका २८ कर्मचारीलाई भने हटाएको थियो । करारका कर्मचारी हटाउने नगरको सो निर्णयविरुद्ध नेपाल निजामती कर्मचारी संगठन खोटाङले विरोध जनाउँदै आएको थियो । कार्यपालिका बैठकले कृषि तथा पशु सेवातर्फ करारका कर्मचारी पदपूर्ति गर्ने निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले संघीय सशर्त अनुदान शिर्षक अन्तर्गत विभिन्न शिर्षकमा थप भइ आएको बजेटहरु यस आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश नभएको हुँदा तत्काललाई उक्त बजेटहरु सम्बन्धित् शिर्षकमा खर्च गर्ने, राजस्व बाँडफाँट लगायतका केही शीर्षकहरूको बजेट निकासा नभएको हुँदा विभिन्न शिर्षकहरूमा तत्काललाई अन्य स्राेतबाट श्रोतान्तर गरी खर्च गर्ने र उल्लेखित खर्चसम्बन्धी निर्णयहरू आगामी नगरसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको छ ।

यस्तै, कम्पोष्ट मल प्लान्ट सञ्चालन कार्यविधि स्वीकृत गर्ने, नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रममा समावेश भएको बाली तथा पशु बिमा अनुदान कार्यक्रम सञ्चालन सम्वन्धमा कृषि बिमा कम्पनी र नगरपालिका बीच सम्झौता गरी कृषि, पशुपन्छी तथा जडिबुटी निर्देशिका, २०७९ बमोजिम हुने बिमामा कृषकले ब्यहोर्नुपर्ने बिमा रकमको ५० प्रतिशत रकम नगरपालिकाले अनुदान स्वरुप ब्यहोर्नुपर्ने, निश्चित मापदण्ड तोकी इन्जिनियरिङ सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरूलाई आयोजना व्यवस्थापन खर्च (कन्टिन्जेन्सी)बाट फिल्ड भत्ता उपलब्ध गराउने निर्णय गरिएको नगर प्रवक्ता घिमिरेले जानकारी दिए ।

दिक्तेलबजार क्षेत्रमा बढ्दो सडक दुर्घटनालाई मध्यनजर गरी स्थानीयबासीको माग बमोजिम निश्चित दुरीमा स्पिड ब्रेकर (होम्स) राख्ने र सोका लागि विपद् व्यवस्थापन कोषबाट आवश्यक बजेट व्यवस्थापन गर्ने, विजय दशमी अगाडि परम्परागत रुपमा चली आएको गोरेटो–घोरेटो बाटोघाटोहरु सरसफाई गर्ने कार्यलाई सबै वडाहरुबाट कुटो–कोदालो तथा सरसफाई अभियानको रुपमा विभिन्न राजनैतिक दल, टोल विकास समिति, सामाजिक संघसंस्था, क्लब, शिक्षक, कर्मचारी लगायतको सहभागीतामा टोल टोलमा कम्तीमा तीन दिन सञ्चालन गर्ने निर्णय गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।