एमाले नेता ढुङ्गेलको मृ’त्यु

काठमाडौँ, २२ असोज । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृ’त्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उहाँको मृ’त्यु भएको हो ।

दसैँको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उहाँ एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृ’त्यु भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाउन थालेको छ ।

विगतमा नेकपा (माओवादी) पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि उहाँ एमालेमै बस्नुभएको थियो । ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बस्नुभएको थियो । यसअघि उहाँ संविधानसभाका सदस्यसमेत बन्नुभएको थियो ।(रासस)

तानसेनमा बाह्रै महिना सिताके च्याउ
तानसेन, २२ असोज (रासस) ःतानसेन नगरपालिका–८ मदनपोखराका कृषकहरुले बेमौसमी च्याउ उत्पादन सुरु गरेका छन् । गाउँका ६३ परिवारले सामूहिक रुपमा सिताके जातको च्याउ खेती गरेका हुन् । तीन रोपनी क्षेत्रफलमा चारवटा टनेल र एउटा चिस्यानघरमा च्याउ खेती गरेका छन् ।

समूहले बेमौसममा च्याउको उत्पादन गर्न चिस्यानघरको निर्माण गरेको छ । सिताके च्याउलाई अत्यधिक चिसो चाहिने भएकाले तापक्रम व्यवस्थापन गरी बाह्रै महिना उत्पादन बढाउन चिस्यानघरले मद्दत पुगेको च्याउ उत्पादन समूहका अध्यक्ष सन्तोष पृथीले बताउनुभयो । चिस्यानघरमा दुई हजार मुढा राख्न सक्ने क्षमताको बताइएको छ । यसबाट प्रतिदिन चार हजार केजी च्याउ उत्पादन गरिएको समूहका अध्यक्ष सन्तोष पृथीले जानकारी दिनुभयो । तानसेन नगरपालिका र हेफरप्रोजेक्ट नेपालको ६ लाख र समूहका सदस्यहरुको एक लाख २० हजारमा चिस्यानघर निर्माण भएको हो ।

गाउँका २३ महिला र ४० पुरुषले १६ लाखको लगानीमा च्याउखेती सुरु गरेका गरेका थिए । “पाँच हजार कटुसको मुडामा दुई वर्ष अगाडि बीउ राखेका थियौँ, अहिले उत्पादन सुरु भएको छ”, अध्यक्ष पृथीले भन्नुभयो । कटुस जातको काठमा च्याउ फल्ने गर्दछ, डिभिजन वन कार्यालय पाल्पाको समन्वयमा सामुदायिक वनबाट काठ ल्याएर च्याउखेती गरिएको समूहका कोषाध्यक्ष गोपाल अर्यालले बताउनुभयो । सामूहिक च्याउ खेतीले स्थानीयस्तरमा रोजगारीको सृजना गरेको छ । यो च्याउ प्रतिकेजी पाँच सयदेखि आठ सयसम्म बिक्री हुन्छ । उत्पादित च्याउको बजारमा बिक्रीको समस्या नभएको अर्यालको भनाइ छ । “नजिकको बजार तानसेन र बुटवलमै खपत हुन्छ”, उहाँले भन्नुभयो ।

च्याउ उत्पादनमा विषादीको प्रयोग हुँदैन । अग्र्यानिक भएकाले बिक्री गर्न सहज छ । एउटा मुढाबाट एकदेखि दुई केजीसम्म च्याउ उत्पादन हुन्छ । बीउ राखेको मुढाले चार वर्षसम्म उत्पादन दिन्छ । ‘सिताके च्याउलाई क्यान्सरविरुद्ध भन्ने गरिन्छ । यसबाट प्रशस्त मात्रामा भिटामिन ‘डी’ पाइन्छ ।’ तानसेन नगरपालिका–८ का वडाध्यक्ष सोमनाथ अर्यालले भन्नुभयो, “सिताके च्याउको माग अधिक छ । च्याउ स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने सबैले बुझेका छन् ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।