सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति, १ कात्तिकमा मुद्दा दर्ता हुने

काठमाडौं, २७ असोज । ब’ला’त्का’र अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ । यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यबहादुर थापाको बेञ्चले पाँच दिन म्याद थप गरेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । म्याद थप भएको पाँच दिनभित्र बयान सकाएर १ कात्तिकमा मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी रहेको छ ।

जनकपुरधाम महेत्सवमा सर्वसाधारणको घुइँचो
जनकपुरधाम, २७ असोज (रासस)ःमधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको जनकपुरधाम महोत्सव २०७९ मा सर्वसाधारण घुइँचो बढ्दै गएको छ ।

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण सुसुप्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले सिया इभेन्टको आयोजनामा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको हाताभित्र सुरु भएको महोत्सवमा राखिएका प्रदर्शनी कक्षमा सर्वसाधारणको घुइँचो बढ्दै गएको हो ।

यही असोज २३ गतेदेखि सुरु भएको महोत्सव आगामी असोज २९ गते शनिबारसम्म चल्ने छ । महोत्सवमा राखिएको नेपाली उत्पादनका साथै बङ्गलादेश, पाकिस्तान, भारत तथा चीनका विभिन्न सामानहरूप्रति दर्शकहरूको आकर्षण बढेको महोत्सव आयोजक समितिका संयोजक राकेश महतोले जानकारी दिनुभयो ।

“नेपालीसँगै विदेशी कपडा र सामानप्रति उपभोक्ताको आकर्षण बढेको देखिएको छ”, उहाँले भन्नुभयो, “महोत्सवमा अहिले दैनिक पाँच सयदेखि सात सयसम्मको हाराहारीमा अवलोकनकर्ता आउने गरेका छन् ।” आउनेमध्ये अधिकांशको आकर्षण कपडा र साडीहरूमै रहेको उहाँको भनाइ छ ।

अवलोकनकर्ताको चापलाई दृष्टिगत गरेर महोत्सवमा ३२ वटा बिक्रीकक्ष राखिएको संयोजक महतोले बताउनुभयो । महोत्सवमा राखिएकोमध्ये धेरैजसो अवलोकनकर्ताको मुख्य आकर्षण बङ्गलादेशी कपडा तथा साडीहरूप्रति रहने गरेकोे आयोजकले जनाएको छ ।

रु दुई हजारदेखि २५ हजारसम्मको बङ्गलादेशी साडी महोत्सवमा राखिएको र यसका साथै पाकिस्तानी छालाबाट बनेका सामान पनि महोत्सवमा आउनेहरूले मन पराइरहेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको भनाइ छ ।

महोत्सवमा महिला तथा पुरुषका लागि विभिन्न प्रकारका कपडा, जुत्ता, छालाका सामान तथा अन्य प्रकारको दैनिक प्रयोगका सामानको बिक्रीकक्ष राखिएको जनाएको छ । बाहिर बजारमा पाउनेभन्दा महोत्सव सस्तो तथा गुणस्तरीय सामान पाउने भएकाले महोत्सवमा सर्वसाधारणको भीड बढेको स्थानीयले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।