आज बसेको मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २८ असोज । सरकारले नेपाली सेनाका व्य.नं १७७५ सहायक रथी विजय थापाको पदावधि २०८० साल असोज १ गतेसम्म थप गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे सो जानकारी दिनुभएको हो ।

उहाँले फिलिपिन्सको मनिलामा आयोजना हुने अडिटसम्बन्धी कार्यक्रममा महालेखा परीक्षक टङ्कमणि शर्मा (दङ्गाल)समेत दुई जनालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको बताउनुभयो ।

मन्त्रिपरिषद्ले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि एसियाली विकास बैङ्कबाट प्राप्त हुने २० करोड अमेरिकी डलर ऋण सहायतासम्वन्धी दस्तावेजलाई अन्तिमरूप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा–३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता रु दुई करोड तोक्ने र २०७९ साल असोज २८ गतेसम्म पूर्णप्रतिबन्ध लगाइएका विभिन्न चार प्रकारका वस्तुको पैठारीमा लगाइएको बन्देजलाई २०७९ साल मङ्सिर मसान्तसम्म निरन्तता दिने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले भन्नुभयो, “बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापित एकाइको कार्यअवधि समाप्त हुने यही कात्तिक ११ गतेदेखि लागू हुने गरी एक वर्ष थप गर्ने निर्णय गरिएको छ ।” बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउका लागि आदेश जारी गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

विभिन्न देशका ३७ जना विदेशी नागरिकले बुझाउनुपर्ने राहदानी दस्तुर, बिलम्ब शुल्क र जरिवानाबापतको रकम मिनाहा गरी तीन महिनाभित्र नेपाल छाड्न प्रस्थान अनुमति दिने र सरकारद्वारा गठित वार्ता टोली र प्राडा गोविन्द केसीबीच यही असोज ८ गते सम्पन्न सहमति–पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएको मन्त्री कार्कीको भनाइ छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी थप जनधनको नोक्सानी हुन नदिनका लागि कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोट जिल्लाका विपत् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

सरकारले कपिलवस्तु जिल्ला साविक बकडरिया–९ (क) स्थित एक बिघा जग्गामा १५ शय्याको अस्पताल भवन निर्माण कार्य ३० (तीस) वर्षका लागि बुद्धभूमि नगरपालिकालाई सःशर्त प्रयोग गर्न स्वीकृति दिने भएको छ ।

“नेपाली सेना, सैनिक साधारण सेवाका व्य.नं १८२६ महासेनानी राजेन्द्रप्रसाद सुनुवारलाई अवकाश हुने मितिभन्दा एक महिना अगााडिदेखि लागू हुने गरी सोही सेवाको सहायक रथी दर्जामा विशेष बढुवा गर्ने र औषधिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको भएको छ”, मन्त्री कार्कीले भन्नुभयो ।

सरकारले नेपाली सेना, सैनिक हवाई सेवा, पाइलट समूहका व्य.नं ३२०१ प्रमुख सेनानी सुवास खड्कासमेत चार पाइलट प्रमुख सेनानीलाई महासेनानी दर्जामा कार्यवाहक बढुवा गरी पदस्थापना गर्ने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीबमोजिम विभिन्न समयमा छपाइ भएका, प्रकाशन नभएका र प्रचलनमा नरहेका रु १४ करोड १६ लाख ६२ हजार ३४३ बराबरका हुलाक टिकट र हुलाक स्टेशनरी मिनाहा गर्ने मन्त्रिपरिषद्को निर्णय छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।