शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ, २९ असोज । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था हुन सकेको छैन । किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको अस्पतालले जनाएको छ ।

अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको हो । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि यही असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो । “हिजोको तुलनामा उहाँको स्वास्थ्यमा खासै सुधार भएको छैन, स्वास्थ्य अवस्था स्थिर नै छ”, विज्ञप्तिमा भनिएको छ ।

परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖