“माओवादी जनयु’द्ध” को विमोचन

काठमाण्डौ । स्थानीय किर्तिपुर स्थित हिल साईड रिसोर्टको सभाहलमा दर्जनौं ज्यादा प्राडा ( प्राध्यापक र डाक्टर), साहित्यकार र लेखकहरुको उपस्थितिमा कृष्ण मावुहाङद्वारा लिखित ६ सय पृष्ठको ” माओवादी जनयु’द्ध” संस्मरणात्मक आख्यान पुस्तकको विमोचन गरिएको छ ।

विमोचनमा प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराई, विशिष्ट अतिथि साझा प्रकाशनका महाप्रवन्धक प्रल्हाद पोख्रेल, विशेष अतिथिहरु – प्राडा कुमार प्रसाद कोईराला, प्राडा शुरेन्द्र केशी, प्राध्यापक कृष्ण खनाल, प्राध्यापक अन्जु गुप्ता,पूर्व जर्नेल कुमार फुदोङ, साहित्यकारहरु – पूर्व डिएसपी जसध्वोज गुरुङ, लेखनाथ गौतम र चन्द्र मादेन आन्छनहरुले पुस्तकको वारेमा आआफ्नो पाठकिय धारणा र टिप्पणी गर्नुभएको थियो ।

प्रमुख अतिथि प्राडा भट्टराईले साहित्यमा पुरातन यथास्थितिहरुको मात्र होईन अव सिमान्तकृत सवै जातजाति समुदायलाई उतिकै महत्व दिनुपर्ने कुरा गर्नुभएको थियो । वक्ताहरु प्रत्येकको धारणा विरलै मात्र लेखिएको यस्ता पुस्तक हरेक साहित्यकार र पाठकहरुले एकचोटी पढ्नैपर्ने मा जोड दिईएको थियो ।

उक्त पुस्तकको प्रकाशन ओरिएन्टल पव्लिकेशनले गरेका थिए भने स्वयं प्रकाशक हरी गौतमद्वारा संचालन गरीएको कार्यक्रमलाई प्राध्यापक वालकृष्ण मावुहाङद्वारा स्वागत मन्तव्य राखिएको थियो ।

पुस्तकका लेखक (नायक) कृष्ण मावुहाङले उपस्थित सवै प्रति आभार तथा कृतज्ञता व्यक्त गर्नुभएको थियो । कुनै पनि विमोचन कार्यक्रमहरुमा यतिका धेरै प्राज्ञिक व्यक्तित्वहरुको उपस्थित कमै मात्र हुनेगरेको महसुस उपस्थित सहभागीहरुले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।