धनकुटामा पनि ठूला वर पिपलका रुख काट्ने क्रम बढ्दो
धनकुटा, ३ कार्तिक । पछिल्लो समय धनकुटामा पनि ठूला वर पिपलका रुख काट्ने क्रम बढ्दै गएको छ । त्यसमा पनि शहरी क्षेत्रमा तिव्र रुपमा वरपिपलका रुख काटिन थालेका हुन् ।
गाउँ, चोक र सार्वजनिक स्थानमा पहिचानसग जोडिएक वर पिपलका चौतारा पछिल्लो समय अतिक्रमणको चपेटामा समेत परे छन् । बाटो बनाउने, विद्युत विस्तार गर्ने जस्ता कार्यले गर्दा समेत शहरी क्षेत्रमा वरपपिलका रुख काट्नु पर्ने बाध्यात्मक अवस्था समेत देखिने गरेको धनकुटा नगरपालिकाका चक्रबहादुर राई बताउँछन् ।
शहरीकरणका कारण समेत शहर बजारमा वरपिपल मासिएका छन् भने गाउँघरमा समेत घाँस खुवाउन तथा दाउरालाई नै वर पिपलको प्रयोग गर्दा र वर पिपल नरोप्दा समेत यसका अस्थित्व संकटमा परेको छथरजोरपाटी गाउँपालिकाका स्थानिय चन्द्र बहादुर लिम्बु बताउँछन् ।
उनि भन्छन् धेरै रुख बुढा भइसकेका छन् अब यी बुढा रुखको विकल्पको रुपमा अरु वर पिपल हुर्काउनु जरुरी छ। नेपाल, भारत, बङ्गलादेश, म्यान्मार, पाकिस्तान तथा श्रीलङ्का लगायतका राष्ट्रहरूमा पाइने बताइन्छ ।
हिन्दू धर्ममा पीपललाई विष्णुको अवतार मानिने भएको हुनाले यसलाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन्, त्यस्तै पिपलको रुखलाई जैन,बौद्ध धर्मावलम्बीहरुले पवित्र रुखको रुपमा मान्ने गर्छन ।



