हिले व्याटमिन्टन क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

धनकुटा । हिले व्याटमिन्टन क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

“रक्तदान जिवनदान”भन्ने मूल नाराका साथ बडा दशै तथा दिपावलीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेकाछन् ।

८३ जना पुरुष र २० जना महिला गरि १ सय ३ पाउण्ड रगत संकलन गरेको आयोजकले जनाएको छ ।

यो पनि…
चितवनमा नमूना मतदान
चितवन, ३ कात्तिक (रासस) :यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनमा नमूना मतदान गरिएको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले संयुक्त रुपमा मतदान गरेर नमूना मतदानको शुभारम्भ गर्नुभएको थियो । पहिलो हुने निर्वाचन प्रक्रियाअन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो । मतदानपछि प्रतिक्रिया दिँदै मुख्य निर्वाचन अधिकृत थापाले वास्तविक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि पनि नमूना मतदान गरिएको बताउनुभयो । प्रत्यक्षदर्शीलाई सिकाउनका लागि नमूना मतदान गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मतपत्र सानो भएकाले असहज छैन । तीन मिनेट ३० सेकेण्डमा मतदान सकेको छु ।” स्थानीय तहको निर्वाचनभन्दा अहिलेको निर्वाचन सहज रहेको उहाँको भनाइ थियो । व्यवस्थापनमा लाग्ने कर्मचारी चनाखो हुन सकेमा खासै समस्या नआउने उहाँले बताउनुभयो । यसपालि जति उम्मेदवार त्यति चिह्न भएको मतपत्र आउने भएकाले बदर हुने समस्या न्यून रहने थापाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समानुपातिक मतपत्र ठूलो हुने भएकाले केही असहज भए पनि प्रत्यक्षतर्फ सानो मतपत्र हुने भएकाले सहज हुने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा सात छाप लगाउनुपर्ने हुँदा मतदाता झुक्किने भए पनि अहिले एउटा मतपत्रमा एउटा छाप लगाउँदा मतदातालाई सहज हुने उहाँको भनाइ थियो । निर्वाचन आयोगले निर्वाचनको प्रशिक्षण प्रशिकलाई तयारीका लागि नमूना मतदान गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा अहिले चार लाख आठ हजार तीन ४२ मतदाता रहेका छन् । जसमध्ये महिला मतदाताको सङ्ख्या पुरुषको भन्दा बढी रहेको छ । दुई लाख नौ हजार तीन सय नौ मतदाता महिला रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार जिल्लामा १६२ मतदानस्थलमा चार सय ६० केन्द्रबाट मतदान हुँदैछ ।

क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदानस्थल र एक सय ५९ केन्द्रबाट मतदान हुँदैछ । क्षेत्र नम्बर २ मा रहेका एक लाख २४ हजार दुई सय १४ मतदाताले ४३ मतदानस्थलमा रहेका १३८ केन्द्रबाट मतदान गर्ने छन् । यस्तै क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थलका एक सय ६३ मतदान केन्द्रबाट एक लाख ४४ हजार दुई सय ८३ मतदाताले मतदान गर्ने कार्कीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖