समाचार संकलनमा आचार संहिताको पालना गर्न पत्रकार महासंघ धनकुटाको आग्रह

धनकुटा,कार्तिक ४ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन नजिकिदै गर्दा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले समाचार संकलनमा आचार संहिताको पालना गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

महासंघका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा कार्तिक १ गते सल्लाहकार तथा सदस्यहरुको उपस्थितीमा बसेको वैठकको निर्णय अनुसार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।

महासंघका सचिव हरि वहादुर लम्जेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘मंशिर ४ गते हुन गईरहेको प्रतिनीधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समाचार संकलन, प्रकाशन तथा प्रशारण गर्दा नेपाल प्रेस काउन्सिलको आचार संहिता र निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रुपमा पालना गरि सोही आचार संहिताको परिधिभित्र रहेर काम गर्न महासंघमा आवद्ध सदस्य,क्रियाशिल पत्रकार,राष्ट्रिय तथा स्थानिय संञ्चाार संस्थामा कार्यरत सञ्चारकर्मी र स्थानिय छापा तथा विद्युतीय सञ्चार माध्यमहरुलाई सार्वजनिक रुपमा अपिल गरिन्छ ।’

यो पनि पढ्नुहोस्…
निर्वाचन हुन एक महिना बाँकी
काठमाडौँ, ४ कात्तिक (रासस) :प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ ।

निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् । नेपालको संविधानले प्रतिनिधिसभा सदस्य दुई सय ७५ मध्ये एक सय ६५ र प्रदेशसभा सदस्य पाँच सय ५० मध्ये तीन सय ३० स्थान (कूल सदस्य सङ्ख्याको ६० प्रतिशत) हुन आउने सदस्यका लागि यो समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ । अन्य सदस्य पहिलो निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)बाट हुन्छ ।

आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ भने समानुपातिकतर्फ कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता भई विसं २०७९ मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने तथा आयोगको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिक मतदान गर्न योग्य हुनेछन् । निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । यसमा ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र ९१ लाख ४० हजार आठ सय छ तथा एक सय ८५ जना अन्य रहेका छन् । देशभर कूल १० हजार आठ सय ९१ र २२ हजार दुई सय २६ मतदानस्थल तोकिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।