नवौँ राष्ट्रिय खेलकुदः गाउँ–गाउँमा पुग्यो खेल विस्तारको सन्देश

बलेवा, ४ कात्तिक । लामो समयपछि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा त्यसको लाभ बागलुङले पनि प्राप्त गरेको छ ।

‘आइटिएफ तेक्वान्दो’कोउर्वरभूमि मानिने बागलुङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सोही खेल खेलाउने मौका पाएको थियो । यसले बागलुङको खेल क्षेत्रमा नयाँ आयाम थपिएको अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका सचिव राजु खड्का बताउनुभयो ।

“खेल सुरु हुने अन्तिम समयसम्म पनि बागलुङले कुन खेल खेलाउने भन्ने टुङ्गो लागेको थिएन”, खड्काले भन्नुभयो, “तर बागलुङले अन्तिम समयमा भए पनि आइटिएफ खेलाउने अवसर प्राप्त ग¥यो, यसले यहाँको खेलकुदमा राम्रो सन्देश दिएको छ ।”

खेल अवलोकनका लागि बागलुङ आउनुभएकारा ष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बागलुङमा आवश्यक खेल पूर्वाधारको प्रस्ताव गर्न आग्रह गर्नुभएको थियो ।

‘आइटिएफ’ भइरहेको कबर्डहल, नजिकै रहेको बाङ्गेचौर खेलमैदान र सदरमुकाममा रहेका अन्य खेल संरचनाको विषयमा उहाँले चासो राख्नुभएको थियो ।

“उहाँहरुलाई यहाँ ल्याउने बहाना बन्यो नवौँ राष्ट्रिय खेलकुद, स्थलगत अवलोकनपछि उहाँहरुले दिएको वचन आगामी कार्यक्रममा पर्नेछन्”, अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका सचिव राजु खड्काले बताउनुभयो ।

खेलका लागि बागलुङ आएका दुई सय ५० खेलाडीले कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोटलगायतका क्षेत्र भ्रमण गरेका थिए । प्रतियोगिताले बागलुङका गाउँगाउँसम्म खेल विस्तार गर्न सहयोग गर्ने खड्काको विश्वास छ ।

‘आइटिएफ’ प्रतियोगिताको उद्घाटनकै दिन बागलुङको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आफ्नो पालिकामा खेल विस्तार गर्न औपचारिक आग्रह गर्नुभएको थियो । उहाँले राष्ट्रियस्तरकै खेल गाउँमा गर्न सकिने बताउनुभयो ।

राष्ट्रियस्तरको खेल हेरेका सर्वसाधारणमा समेत खेलप्रति आकर्षण बढाएको व्यवस्थापकीय जिम्मेवारी लिएको बागलुङ नगरपालिकाको विश्वास छ । “खेललाई वडास्तरसम्म विस्तार गर्नुपर्छ, त्यसका लागि पूर्वाधार र वातावरण हामी बनाउँछौँ र यसका लागि सम्बन्धित व्यक्तिसँग आग्रह गरेका छौँ”, बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भन्नुभयो, “यो प्रतियोगिता खेलको महत्व बुझाउने माध्यम पनि बनेको छ ।”

बागलुङ मार्सल आर्टका खेलका लागि प्रसिद्ध स्थान हो । ‘आइटिएफ तेक्वान्दो’का मात्रै बागलुङमा १८ डोजो छन् । जिल्लाभर एक हजार दुई सय खेलाडीले नियमित यो खेलको अभ्यास गर्ने गरेको ‘आइटिएफ तेक्वान्दो’ सङ्घ बागलुङको भनाइ छ ।

“म धेरै पहिले यहाँको क्याम्पसमा प्रदर्शन खेलका लागि आउँदा यहाँ कोही खेलेको देखिने थिएन, अहिले यो खेलको निकै विस्तार भएको पाएँ”, ‘आइटिएफ तेक्वान्दो’ महासङ्घका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य अञ्जन धमलाले भन्नुभयो, “अब यो खेलको थप विस्तार हुनेमा विश्वास छ ।”

प्रतियोगिताले स्थानीयवासीमा पनि खेलप्रतिको चासो बढेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ बताउनुहुन्छ । कोरोना महामारीका कारण लामो समय थला परेका यहाँका व्यवसायीलाई पनि खेलले सकारात्मक प्रभाव छाडेको उहाँको भनाइ छ ।

प्रतियोगिता अवधिभर करिब तीन सय ५० खेलका खेलाडीसहितका टोलीका कारण यस क्षेत्रका होटल तथा रेष्टुराँले समेत यसको लाभ लिन सफल भएका छन् ।

“हाम्रो आतिथ्यता स्वीकार गरेर उहाँहरु यहाँ आउनुभयो, यसले खेलमात्रै नभई बागलुङको व्यवसाय र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ”, व्यवसायी अर्जुन चोखालले भन्नुभयो, “बागलुङ चिनाउने काम भएको छ, त्यसबाट सबै बागलुङवासीले प्रतिफल पाउँछन् ।” (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।